+
+
Shares

‘गैंडा’को सिरियलमा राजेशदेखि आर्यनसम्म

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन ९ गते १०:४३


नयाँ हाँस्य सिरियल ‘टेन टू फाइभ’ निर्माणको तयारीमा रहेका हाँस्य कलाकार निर्मल शर्मा ‘गैंडा’ले नायक राजेश हमालदेखि आर्यन सिग्देलसम्मलाई आफ्नो सिरियलमा अभिनय गराउने योजना बनाएका छन् ।

टेलिश्रृङ्खला ‘तीतो सत्य’ मार्फत ‘गैंडा’को रुपमा परिचित शर्माले ठूला पर्दाका कलाकारलाई अतिथीको भुमिकामा अभिनय गराउने बताए । ‘मैले उहाँहरुसँग कुरा गरेको छु । हुन्छ भन्ने प्रतिक्रिया दिनु भएको छ’ शर्माले भने ।

ठूलो पर्दामा जमेका अन्य थुप्रै कलाकारलाई अतिथीको भूमिकामा अभिनय गराउने योजनामा रहेका शर्माले रजनी केसी, कमल मैनाली, रवि शर्मा ‘घाटो’ नियमित कलाकारका रुपमा प्रस्तुत हुने बताएका छन् ।

कर्पोरेट क्षेत्रमा हुने गरेका गतिविधीलाई सिरियलको मुख्य विषय बनाएको शर्माको योजना छ । उनको निर्देशनमा तयार भैरहेको यो सिरियल एपी १ टेलिभिजनबाट प्रशारण हुनेछ ।

ठूलो पर्दाका २ चलचित्र निर्देशन गरेतापनि निर्मलले सफलता पाउन सकेका छैनन् । सानो पर्दामा सिरियल निर्देशन गरेर अहिले उनी सफलता खोज्ने धुनमा लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?