+
+

फागुन १९ गतेबाट युनाइटेड मोदीको १७ लाख २५ हजार कित्ता सेयर

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन ९ गते ११:३८

९ फागुन, काठमाडौं । पहिलो चरणमा स्थानीयको लागि सेयर जारी गरिसकेको युनाइटेड मोदी हाइड्रोपावरले सर्वसाधारणको लागि फागुन १९ बाट १७ लाख २५ हजार कित्ता सेयर जारी गर्ने भएको छ ।

कम्पनीले जारी गर्ने मध्ये ३४ हजार ५ सय कित्ता सेयर कर्मचारीको लागि र सामुहिक लगानी कोषको लागि ८६ हजार २ सय ५० कित्ता सेयर छुट्याएकोमा त्यसको बाँडफाँट गरिसकेको छ । बाँकी सेयरको लागि मात्र सर्वसाधारणले आवेदन दिन सक्नेछ ।

कम्पनीको सेयरमा न्युनत्तम ५० सेयर र अधिकत्तम १५ हजार कित्ता सेयरको लागि आवेदन दिन सकिनेछ । कम्पनीको सेयरमा एनआइबीएल क्यापिटल, सिबिआइएल क्यापिटल, काठमाडौं क्यापिटल, भिबोर क्यापिटल, गोर्खाज फाइनान्सका शाखा कार्यालय, गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्सका शाखा कार्यालयहरु, आयसीएफसी फाइनान्सका शाखा कार्यालय, सिनर्जी फाइनान्सका शाखा कार्यालय, हाम्रो बिकास बैंकको नुवाकोट, ग्रीन डेभलपमेन्ट बैंक बागलुङ, साझा बिकास बैंकको शाखा कार्यालयहरुबाट आवेदन दिन सकिन्छ ।

सेयर जारी गरेपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ पुग्ने छ । हाल कम्पनीको प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ रहेको छ । कम्पनीले चालु आव अन्त्यसम्ममा ५ करोड ७५ रुपैयाँ बराबर अर्थात् ५ प्रतिशत लाभांश प्रस्ताव गर्न सकिने उल्लेख गरेको छ । हाल कम्पनी ३ करोड रुपैयाँ नाफामा छ भने चालु आवमा ७ करोड ९२ लाख नाफा कमाउने प्रक्षेपण गरेको छ ।

कम्पनीले यसका लागि इक्रा नेपालबाट रेटिङ गराइसकेको छ । इक्रा नेपालले कम्पनीलाई ग्रेड ३ रेटिङ प्रदान गरेको छ । समग्र अवस्थाको आधारमा प्रदान गरिने यो रेटिङले कम्पनीको आधारभूत पक्ष औसत रहेको सङ्केत गर्छ ।

९ दशमलव ९ मेगावाटको लोअर मोदी–१ सञ्चालन गरिरहेको कम्पनीले १० दशमलव ५ मेगावाटको लोअर मोदी–२ निर्माण गर्ने भएको छ । कास्केड प्रोजेक्टको रूपमा रहने यो आयोजनाको निर्माण लागत १ अर्ब ७७ करोड रहने अनुमान गरिएको छ । यो लागतमा निर्माण सम्पन्न भएको यसको आयोजनाको प्रतिमेगावाट विद्युत् उत्पादन लागत १६ करोड ९० लाख रुपैयाँ पर्ने देखिन्छ ।

यो कास्केड प्रोजेक्टका लागि कम्पनीले ऋणको हिस्सा कति रहने र सेयर लगानीको हिस्सा कति रहने भन्ने यकिन गरिसकेको देखिँदैन । यद्यपि, अब जारी हुने आईपीओबाट उठ्ने रकमबाहेक कम्पनीको अभिलेख गरिनसकिएको आम्दानी प्रयोग हुने सम्भावना छ । सुक्खायामका लागि प्रतियुनिट ८ रुपैयाँ ४ पैसा र वर्षयामका लागि प्रतियुनिट ४ रुपैयाँ ८ पैसा हुनेगरी विद्युत् खरीद सम्झौता भएको छ । यो दर केही वर्षसम्म वार्षिक रूपमा ३ प्रतिशत वृद्धि हुने सम्भावना छ । उत्पादित विद्युत् अहिले सञ्चालनमा रहेको आयोजनाको ४ किलोमिटर लामो १ सय ३२ केभीए सिङ्गल सर्किट प्रसारण लाइन र  त्यसपछि मोदी सबस्टेशन हुँदै राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । यो आयोजनाले हाल प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कनमा क्लिन चिट पाइसकेको छ ।

हाल सञ्चालनमा रहेको लोअर मोदी–१ को प्रतिमेगावाट विद्युत् उत्पादन लागत २१ करोड ४० लाख रुपैयाँ थियो । यो आयोजनाको कुल लागत भने २ अर्ब ११ करोड ४० लाख रहेको थियो । सो आयोजनाबाट उत्पादित विद्युत् सुक्खायामका लागि प्रतियुनिट ७ रुपैयाँ र वर्षायामका लागि प्रतियुनिट ४ रुपैयाँ हुनेगरी खरीद सम्झौता भएको छ । सञ्चालित यस आयोजनाको प्लाण्ट लोड फ्याक्टर ७० प्रतिशत हुने अनुमानविपरीत २ वर्षयता ५७ प्रतिशत मात्र विद्युत् प्रवाह हुन सकिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?