+
+

जब विराट कोहलीले ‘कुटुमा कुटु’ गीतमा डान्स गरे

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १९ गते १२:४४

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत सोमबार राति नेपाल र भारतबीचको खेल रोमाञ्चक रह्यो । साहसिक ब्याटिङमार्फत नेपालले भारतसामु चुनौती पेश गर्‍यो ।

श्रीलंकामा आयोजित उक्त प्रतिस्पर्धा केवल ‘खेल’मा मात्र सीमित रहेन । यो खेलको क्रममा मैदानमा देखिएका क्याजुअल दृश्यले नेपाली फ्यानलाई मोहित तुल्याए । नेपालले ब्याटिङ गरिरहँदा भारतले फिल्डिङ गरिरहेको थियो ।

त्यस क्रममा रंगशालामा चर्चित नेपाली गीत ‘कुटुमा कुटु सुपारी दाना’ समेत बजाइयो । उक्त गीतमा भारतीय क्रिकेटर विराट कोहलीले नृत्य गरेपछि यसले चर्चा बटुलेको छ ।

मंगलबार भारतीय अनलाइन पोर्टलहरुमा यो गीतमा विराटले गरेको डान्सले प्राथमिकता पाएको छ । टाइम्स अफ इन्डिया लगायतका मिडियाले नेपाली फिल्मको गीतमा विराटले गरेको डान्सलाई लिएर समाचार लेखेका छन् । ‘विराटले कहिल्यै पनि फ्यानसँग इन्गेज हुने मौका गुमाउँदैनन्,’ टाइम्स अफ इन्डियाले डान्सको क्लिप सेयर गर्दै लेखेको छ ।

विराटको यो डान्सलगत्तै नेपाली अभिनेता आसिफ शाहले लेखे, ‘दुई कुराले खुसी छु । टिम नेपालले २३० रन बनाउनु र विराट कोहलीले कुटुमा कुटुमा नाच्नु ।’ फिल्म ‘दुई रुपियाँ’मा समावेश यो गीतमा अभिनेत्री स्वस्तिमा खड्कासँगै आसिफले पनि अभिनय समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?