
१० फागुन, काठमाडौं । बैंक तथा वित्तीय संस्थामा देखिएको कर्जा योग्य पुँजी अभावको समस्यालाई सम्बोधन गर्दै राष्ट्र बैंकले उत्पादनमुलक क्षेत्रमा गएको कर्जाको ५० प्रतिसतसम्म रकम कर्जा निक्षेप अनुपातमा गणना गर्नु नपर्ने सुविधा दिएको छ ।
हाल बैंकहरुले प्राथमिक पुँजी र निक्षेपको जोड रकमको ८० प्रतिशतमात्र कर्जा लगानी गर्न सक्ने गरि सीडीडी रेसियो तोकिएको छ । यो सीमा बढाउनु पर्ने आवाज बैंकहरुले गर्दै आएकोमा राष्ट्र बैंकले त्यसलाई घुमाउरो पारामा सम्बोधन गरेको छ ।
राष्ट्र बैंकले यस्तो सीमा नबढाई गणनामा प्रयोग हुने कर्जाका केही शिर्षकलाई समावेश गर्न नपर्ने छुट दिएको हो । राष्ट्र बैंकले उत्पादनशील क्षेत्रमा गएको र युवाहरुलाई व्यवसायिक कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदान सम्बन्धि कार्यविधि २०७१ अनुसार दिइने थप कर्जाको ५० प्रतिशतसम्म रकमलाई सीसीडी रेसियोमा गणनाको क्रममा लिन नपर्ने व्यवस्था गरेको हो ।
‘उत्पादनमुलक शिर्षकमा गएको मध्ये थप १ खर्ब २७ अर्ब रुपैयाँ सीसीडी गणनामा देखाउनु पर्दैन र यो सुविधाले बैंकहरुले अब कर्जा लगानीको लागि त्यति रकम चलाउन सक्नेछन्,’ राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले भने । यता, बैंकरहरुले पनि यो नीतिको स्वागत गरेका छन् ।
‘राष्ट्र बैंकको यो सुविधाले हामीलाई राहत भएको छ,’ बैंकर अनिल शाहले भने, ‘डण्डा लगाउनुभन्दा यो प्रोत्साहन गर्ने एउटा राम्रो उपाय हो ।’
बैंकहरुमा यसरी बढेको कर्जा लगानी क्षमताको दुरुपयोग हुन नदिन भने राष्ट्र बैंक सर्तक हुनपर्ने विज्ञहरुको तर्क छ । त्यस्तै, राष्ट्र बैंकले साना तथा लघु व्यवसायीहरुलाई चल/अचल सम्पत्ति धितो लिई वा उद्यम/परियोजना धितो लिई बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने १० लाख रुपैयाँसम्मको कर्जालाई पनि विपन्न बर्ग गणना गर्न सकिने नयाँ व्यवस्था गरेको छ ।
बहुबैंकिङ कर्जामा कडाई
राष्ट्र बैंकले मौद्रिक नीतिमै एकै व्यक्ति वा संस्थामा बैंकहरुले गरेको १ अर्बभन्दाबढि लगानीलाई सहवित्तीयकरण कर्जामा परिणत गर्न दिएको व्यवस्था परिपालना नगर्नेलाई थप कडाई गर्ने भएको छ । राष्ट्र बैंकले यस्तो कर्जालाई २०७४ असारसम्ममा परिणत नगरे सुक्ष्म निगरानी अनुसार जोखिम प्रावधान राख्नु पर्ने व्यवस्था गरेको हो ।
यो व्यवस्था अनुसार अब बैंकहरुले नियम पालना नगरे कर्जा गएको रकमको ५ प्रतिशत हर्जना स्वरुप छुट्याउनु पर्ने हुन्छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4