Comments Add Comment

पत्रकार महासंघमा तालाबन्दी, इलाम र पाँचथरका पत्रकार अनसनमा

११ फागुन, काठमाडौं । राजनीतिक भागबण्डाको आधारमा सदस्यता वितरण रोक्न माग गर्दै पाँचथर र इलामका पत्रकारहरुले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरी अनसन सुरु गरेका छन् ।

सिनामंगलस्थित महासंघको केन्द्रीय कार्यालयको मुल ढोकामा तालाबन्दी गरेर पत्रकारहरु लबदेव ढुंगाना र प्रेम अधिकारी चार बुँदे माग राख्दै अनसन बसेका हुन् । ढुंगाना पाँचथरका र अधिकारी इलामका पत्रकार हुन् ।

उनीहरुले इलाम र ताप्लेजुङ अधिवेशन विधान विपरित धाँधलीपूर्ण तरिकाले गरिएको दाबी गर्दै त्यसलाई खारेज गरी केन्द्रीय प्रतिनिधिद्वय खगेन्द्र पन्त र लक्की चौधरीलाई कारबाही गर्न माग गरेका छन् ।

नक्कली विवाद खडा गरी पाँचथर शाखा लगायतमा विधान विपरित शाखा बाहिरबाट केन्द्रमा ल्याइएका नयाँ सदस्यता र नविकरणको कार्य तत्काल फिर्ता गरी विधान बमोजिम नयाँ सदस्यता नविकरण र स्थानान्तरणको अन्तिम टुंगो लगाएपछिमात्र महासंघ जिल्ला र प्रतिष्ठान शाखाको अधिवेशन ६ महिनापछि तोक्नुपर्ने उनीहरुको माग छ ।

ढुंगाना र अधिकारीले दलीय भागबण्डाको आधारमा सदस्यता वितरण रोक्नुपर्ने, नेपाल पत्रकार महासंघका घोषित जिल्ला तथा प्रतिष्ठान शाखा अधिवेशनहरु तत्काल स्थगित गर्नुपर्ने लगायतका माग राखेका छन् ।

लामो समयदेखि निष्कृय रहेका राजनीतिक कार्यकर्ता, सरकारी निकायमा स्थायी कर्मचारी र अन्य पेशामा रहेका नेपाल पत्रकार महासंघका साधारण सदस्यहरुको शुद्धीकरण अभियान तत्काल केन्द्रीय समितिबाट सुरु गर्नुपर्ने माग पनि राखिएको छ ।

नेपाल पत्रकार महासंघको केन्द्रीय अधिवेशन नजिकिँदै गर्दा सदस्यता विवाद चुलिएको छ । यसअघि प्रेस युनियनले पनि बिभिन्न माग राख्दै महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment