Comments Add Comment

निर्वाचनको संघारमा १६ सीडीओको सरुवा (सूचीसहित)

१२ फागुन, काठमाडौं । सरकारले स्थानीय तह चुनावको संघारमा गृहमन्त्रालय मातहतका ३५ उपसचिवहरुलाई एकसाथ सरुवा गरेको छ । त्यसमध्ये १६ जिल्लाका सीडीओहरु सरुवा भएका छन् ।

निर्वाचन मिति घोषणा भएकै दिन फागुन ९ गतेको मिति राखेर एकसाथ ३५ जिल्लामा प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी हेरफेर गरिएको हो । निर्वाचन आचार संहिता लागू भएपछि सरुवा, बढुवा वा नियुक्ति गर्न नपाइने भएकाले प्रचण्ड नेतृत्वको वर्तमान सरकारले हालसम्मकै धेरै सरुवा गरेको हो ।

गृहमन्त्रीको जिल्लामा चौधरी

गृह मन्त्रालयले गृहमन्त्रीको जिल्ला धनुषामा बैतडीका प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीलाई पठाएको छ ।  बैतडीमा जनकराज भट्टलाई प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।

यस्तै बझाङमा केशवबहादुर थापा, अछाममा शंकरबहादुर विष्ट, कालिकोटमा गिरीधारी सुवेदी, तेह्रथुममा आस्मान तामाङ लगायतलाई सरुवा गरिएको छ ।

हेर्नुहोस् सरुवा सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment