+
+
Shares

यी युवाले फेसबुकमा के लेखे, जसले डेटिङका लागि तयार भए २ हजार युवती

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन १२ गते २०:१०


छिमेकी भारतको प्रसंग हो । गुजग्रामस्थित एक शकुल गुप्ता नामको युवाले फेसबुकमा यस्तो स्टाटस लेखे, जसको कारण हजारौं युवती उनीसँग डेटिङका लागि राजी भए ।

उनी गर्लफ्रेन्डविहिन युवा रहेछन् । तर, धनाड्य । उनले फेसबुकमा डेटिङ गर्न चाहने युवतीको निम्ति अफर दिए, ‘यदि मसँग कोहि डेट गर्न चाहन्छन् भने फाइभ स्टार होटलमा डिनर गराउनेछु ।’ यतिले मात्र युवती लोभिने कुरै भएन ।

डिनरसँगै एक महंगो मोवाइल उपहार दिने, लक्जरी कारमा लङ ड्राइभमा लाने अफर पनि दिए । नतिजा के भयो भने, उनीसँग एक वा दुई जना होइन, हजारौं युवती डेटिङ गर्न लालयित भए । अब परेन फसद !

आखिरमा उनले जुक्ति फुराए, ति युवतीमध्येबाट छनौट गरेर डेटिङ गर्ने । उनको छनौटमा ५ जना सुन्दर युवती परे । शकुलले ति सबै युवतीलाई ओबेराय होटलमा लगेर डिनर गराए, आइफोन ७ मोवाइल दिए र भोल्सवागनको लक्जरी कार औडी ए-४ मा लङ ड्राइभको स्वाद चखाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?