Comments Add Comment

छोरा-छोरीले आफ्नो आम्दानीको १० प्रतिशत बाबु-आमाका लागि छुट्याउनुपर्ने

कुमार खड्का

१२ फागुन, काठमाडौं ।  सरकारले ज्येष्ठ नागरिक ऐन संशोधन गरी हरेकले बाबु-आमालाई आफ्नो आम्दानीको दश प्रतिशत छुट्याउनुपर्ने व्यवस्था गर्ने तयारी थालेको छ । ऐन संशोधनको अन्तिम चरणमा रहेको महिला, बालबालिका तथा समाजकल्याणमन्त्री कुमार खड्काले जानकारी दिए ।

संसद् महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिको बिहीबारको बैठकमा मन्त्री खड्काले नयाँ व्यवस्थाले जन्मदिने बाबुआमालाई वृद्धाश्रममा पु¥याउने प्रवृत्तिलाई अन्त्य गर्ने दाबी गरे ।

उनका अनुसार बाबुआमालाई तिनका सन्तानले आफ्नो आयको कम्तीमा दश प्रतिशत छुट्याउनुपर्ने र बाबुआमाले पनि आफ्ना सन्तानलाई आफ्नो शतप्रतिशत अंश दिन नपाउने गरी ऐन संशोधन गर्ने तयनरी छ ।

मन्त्रालयले वृद्धाश्रमका अतिरिक्त वृद्धवृद्धाका लागि प्रमुख सहरमा ४ सय ९० वटा दिवा हेरचाह केन्द्र सञ्चालनमा ल्याएको छ । यस्ता केन्द्रमा अन्तरपुस्ता सम्बन्धलाई बलियो बनाउन ज्ञानगुन आदानप्रदान हुने गरेको मन्त्रालयले जनाएको छ ।

लैङ्गिक हिंसा निवारण कोष सञ्चालन नियमावलीलाई परिवर्तन गर्न लागेको मन्त्री खड्काले बैठकमा जानकारी दिए । हिंसामा परेका महिलाको उद्धार, राहत तथा उपचारका लागि सम्बन्धित जिल्लाका महिला विकास अधिकृतले २० हजार र मन्त्रालयले ५० हजार रुपैयाँ दिन सक्ने प्रावधानलाई संशोधन गर्न लागिएको हो ।

बैठकमा सांसदहरु रत्नादेवी गुरुङ, दिनेशचन्द्र यादव, टिएल चौधरी, रञ्जना श्रेष्ठ र अनुराधा थापाले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याणको बजेट वृद्धि गर्न माग गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment