+
+

आजका पत्रिकाका आर्थिक समाचारः कर्जाको ब्याज फेरि बढाउँदै बैंक

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन १३ गते ७:४६

१२ फागुन, काठमान्डौं । दुई साताअघि मात्र नेपाल राष्ट्र बैंकको निर्देशन पछि कर्जामा ब्याज नबढाउने भद्र सहमति गरेका बैंकहरुले एक महिना नपुग्दै फेरि ब्याज बढाउन लागेको नागरिक दैनिकले लेखेको छ ।

कर्जाको ब्याज फेरि बढाउँदै बैंक भन्ने समाचारलाई नागरिकले मुख्य समाचार बनाएको छ । सिमेन्ट उद्योग पूर्वाधार निर्माण कछुवा गतिमा पनि नागरिकले उल्लेख गरेको छ भने सरकारी भुक्तानी विद्युतिय माध्यमबाटलाई नागरिकले लेखेको छ ।

टेलिकमलाई कारबाही गर्न मागलाई अन्नपूर्ण पोस्ट दैनिकले मुख्य समाचार बनाएको छ । उपभोक्तवाट अवैध रुपमा शतप्रतिशतभन्दा बढी नाफा असुल गरेको भन्दै दुई उपभोक्तावादी संस्थाले कारबाही माग गरेको अन्नपूर्णले उल्लेख गरेको छ ।

होटेलमा आठ अर्ब लगानी प्रस्तावलाइ अन्नपूर्णले विषेश स्थान दिएको छ । वैदेशिक रोजगारीमा ठगीका सन्दर्भमा सात महिनामा १२ सय उजुरी भएको उल्लेख गरेको छ ।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका सन्दर्भमा कारोबार दैनिकले लेखेको छ ११ हजार बिघाका ६ लाख रुख काट्नुपर्ने । स्ट्याण्डर्ड चार्टर्डपछि राष्ट्रिय वाणिज्य बैंक उत्कृष्ठलाइ पनि कारोबारले उल्लेख गरेको छ । इन्डक्सन चुलोको सन्दर्भमा चिनिया अनुदान प्रयोगविहिनलाई कारोबारले उल्लेख गरेको छ ।

सरकारी भुक्तानी अब विद्युतिय माध्यमवाटलाई अभियानले मुख्य समाचार बनाएको छ । मुद्दती निक्षेपमा साढे ७२ करोड लगानी गर्दै राष्ट्र बैंकलाई पनि अभियानले उल्लेख गरेको छ ।

भन्सार छुटमा अर्थको ढिलाइले चिनीको मुल्य बढ्योलाई नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ । पूर्ननिर्माणमा भारतले दिने ऋण उपयोग भएनलाई नयाँ पत्रिकाले मुख्य उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?