Comments Add Comment

अनुपको ‘निसाफ’को छायांकन सुरु


नायक अनुप बिक्रम शाहीको मुख्य भुमिका रहने चलचित्र ‘निसाफ’को छायांकन सुरु भएको छ । बिहिबार भक्तपुर गठ्ठाघरस्थित दुर्गा मन्दिरमा पुजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो ।

छायांकन सुरु गर्नु अगाडि नायक अनुपविक्रमले ‘अदालतमा निसाफ मिल्ला नमिल्ला, तर मेरो अदालतमा तुरुन्त निसाफ मिल्छ’ भन्ने मुहुर्त संवाद बोलेका थिए ।

यो चलचित्रको प्रस्तुतकर्ता विवेक सापकोटा हुन् । अपराधिक कथामा बन्न लागेको यो चलचित्रमा अनुपको साथमा सरोज खनाल, धु्रव कोइराला, यादव बैरागी, भरत ढुङगाना, सगुन थापा, बिजयजङ रायमाझी, रबिना खतिवडा, साधना सिलवाल लगायतका कलाकारको अभिनय देख्न पाइनेछ । सुपरियल फिल्मस्को ब्यानरमा बन्न लागेको यो चलचित्रका निर्माता यस जंग राना हुन् । चलचित्रमा लेखन तथा निर्देशन विवेक सापकोटाको रहनेछ ।

चलचित्रमा दिब्य सुवेदीको छायांकन, मनोज चौलागाइको संगीत ,श्री श्रेष्ठको द्धन्द्ध र कविराज र बब्बुको नृत्य रहनेछ । चलचित्रका मुख्य सहायक निर्देशक विजय राज पौडेल हुन् ।

६० लाखको लागतमा बन्न लागेको यो चलचित्रलाई ३५ दिन लगाएर खिच्ने तयारी यसको निर्माणपक्षको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment