+
+
Shares

रिटायर्ड जीवनको ‘अठोट’

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन १३ गते १७:२८

११ फागुन, काठमाडौं । निजामती कर्मचारीमा उपसचिवसम्म पुगेर रिटायर्ड भएकी सूर्यवदना पण्डितको जीवनयात्रा समेटिएको पुस्तक ‘अठोट’ सार्वजनिक भएको छ ।

नेपाल प्रज्ञा-प्रतिष्ठानमा जारी पुस्तक मेलामा नेपाल सरकारका सचिव दिनेश थपलियाले पुस्तकको लोकार्पण गरे ।

थपलियाले रिटायर्ड भएर पनि सक्रिय रहने कर्मचारीको यो पुस्तक निजामती कर्मचारी र खासगरी महिलाहरुको लागि प्रेरणा बन्न सक्ने अपेक्षा व्यक्त गरे । ‘कुनै मान्छे जागिरबाट रिटार्यड हुँदैमा ऊ ‘टायर्ड’ हुँदैन भन्ने कुरा ‘अठोट’ ले प्रष्ट पारेको छ,’ उनले भने ।

वक्ता चन्द्रवदना घिमिरेले बिहेपछि घरको काम सम्हाल्दै सङ्घर्ष गरेर पढेकी सूर्यवदनाको जीवनयात्राबाट धेरैले ऊर्जा पाउन सक्ने टिप्पणी गरिन् ।

अर्का वक्ता भुवनहरि सिग्देलले परिवारसाग विद्रोह गर्दै पढेकी सूर्यवदना साहसिक पात्र भएको बताउँदै पुस्तकभित्रका केही प्रसङ्गको चर्चा समेत गरे ।

‘पढ्ने बेला बच्चा जन्मिएकोले छोरा स्याहार्दै पढाइमा लाग्नुपरेको कुरा पनि आएको छ’, उनले भने, ‘यति हुँदाहुँदै पढाइमा पतिको सहयोग पाएर लेखन प्रक्रियामा सहयोग पुगेको पाइन्छ ।’

पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?