Comments Add Comment

प्रिमियर लिगमा चेल्सीलाई ११ अंकको अग्रता

१५ फागुन, काठमाडौं । घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा स्वान्सी सिटीमाथि ३-१ को जित हासिल गर्दै चेल्सीले इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा ११ अंकको अग्रता बनाएको छ ।

यद्यपी चेल्सीले १ खेल बढी खेलेको छ । २६ खेलबाट चेल्सीको ६३ अंक भएको छ भने एक खेल कम खेलेको सिटीको ५२ अंक छ ।

आफ्नो ३ सयौं प्रिमियर लिग खेलमा शेष फेबि्रगासले गोल गर्दै चेल्सीलाई अग्रता लिएका थिएका थिए । पहिलो हाफको अन्त्यतिर लारेन्टेको गोलमा स्वान्सीले खेलमा र्फकने प्रयास गरेपनि दोस्रो हाफमा चेल्सी हावी भयो ।

उसका लागि ७२औं मिनेटमा पेड्रो र ८४औं मिनेटमा डिएगो कोष्टाले गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment