Comments Add Comment

फेसबुक र गुगलसँगै ट्रुकलर पनि १० करोड क्लबमा

फेसबुक र गुगलसँगै मोबाइल कम्युनिकेसन एप ट्रुकलर पनि यस्तो एपको क्लबमा सामेल भएको छ जसको पेजमा हरेक दिन १० करोड भन्दा धेरै पटक विज्ञापन हेरिन्छ । ट्रुकलर कम्पनीले शुुक्रबार एक विज्ञप्ती जारी गर्दै यसको जानकारी गराएको छ ।

यद्यपि १० करोडको आँकडामा विज्ञापन हेर्नेले उक्त विज्ञापनमा क्लिक गरे नगरेको विषयमा कुनै गणना गरिएको भने छैन । पेजमा विज्ञापन खुलेको आधारमा मात्रै यो संख्याको गणना गरिएको छ । कम्पनीका लागि ट्रुकलरको पेजमा दिनहुँ विज्ञापन हेर्नेको संख्या पछिल्लो ६ महिनामा २ सय प्रतिशतले बढेको छ ।

सन् २००९ मा स्विडेनको ट्रु सफ्टवेयर स्कान्डिनाभिया कम्पनीले विकाश गरेको मोबाइल कम्युनिकेसन एप ट्रुकलर अहिले विश्वव्यापी डिजिटल टेलिफोन डायरी, कलर आइडी, सोसल मिडिया इन्टिग्रेसन तथा स्पाम ब्लकरको रुपमा लोकप्रिय रहेकोे छ । यो निशुल्क एप एन्ड्रोइड, आइओएस, ब्लाकबेरी, फायरफक्स ओएस, ताइजेन तथा विन्डोज फोन लगायतका प्लाटर्फममा उपलब्ध छ ।

तथ्यांक अनुसार ट्रुकलर एप २५ करोड पटक इन्स्टल भएको छ । यो एपबाट महिनामा ५० करोड फोनकल हुने गरेका छन् भने

स्मरण रहोस् ट्रुकलरका प्रयोगकर्तामध्ये आधाजसो भारतमा मात्रै छन् । –एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment