+
+
Shares

सहसचिवको गुनासोः मन्त्रालयका कर्मचारी फिल्डमा नगई टिएडिए खान्छन्, दाताको चाकडी गर्छन्

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन १५ गते १२:३८

१५ फागुन, काठमाडौ । स्थानीय विकास मन्त्रालयका एक सहसचिवले कर्मचारीबाटै आफ्नो मन्त्रालयभित्र आर्थिक अनियमितता मौलाएको बताएका छन् ।

कर्मचारीहरु नियमित काम गर्न छाडेर दाताको चाकडी गर्ने र अवैधानिक सुविधा खानमा मात्र ध्यान दिने गरेको भन्दै सहसचिव मधुसुदन बुर्लाकोटीले आक्रोश पोखेका हुन् ।

स्थानीय विकास मन्त्रालयका सहसचिव बुर्लाकोटीले ट्वीट गर्दै आफ्ना कर्मचारीहरुलाई त्यस्तो आरोप लगाएका हुन् । उनका अनुसार मन्त्रालयमा हरेक शाखाको आयोजना रहेको र आयोजना अनुसार मनोमानी रुपमा कर्मचारीले टिएडिए र थप सुविधा असुल गर्ने गरेको आरोप लगाएका छन् ।

उनले त्यसरी टिएडिए र थप सुविधाका लागि कर्मचारीहरुले दाताको अनावश्यक चाकडी गर्ने गरेको समेत दावी गरेका छन् । कर्मचारीहरुले फिल्ड भ्रमणमै नगइ टिएडिए खाने गरेको भन्दै त्यस्ता अनियमितता रोक्न माग बढिरहेका बेला सहसचिव बुर्लाकोटीले नै अनुगमनका नाममा मन्त्रालयभित्रै गलत अभ्यास भइरहेको सार्वजनिक गरेका हुन् ।

अनलाइनखबरको सम्पर्कमा उनले भने, ‘यो मेरो निजी विचार हो ।’ उनले अघि भने, ‘नेपाली टाइप गरेर खेल्दै थिएँ, ट्वीट भएछ ।’

मन्त्री भन्छन्, यो गम्भीर कुरा हो

स्थानीय विकास मन्त्री हितराज पाण्डेले समेत उत्त ट्वीट मार्फत व्यक्त भनाइप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । आफु स्थानीय तहको पूर्नसंरचना र संक्रमणकालीन व्यवस्थापनको काममा व्यस्त हुनुपर्दा पुँजीगत खर्च वृद्धि र सुशासनको अवस्थाबारे ध्यान दिन नभ्याएको भन्दै उनले त्यसबारे सचिवसँग प्रश्न गर्ने बताएका छन् ।

उनले अघि भने, ‘यदि त्यस्तो भएको हो भने सहृय कुरा भएन ।’ मन्त्री पाण्डेले अनुगमन महाशाखा प्रमुखले औँल्याएको यस्तो गम्भीर समस्याको गम्भीर तरिकाले समाधान हुने बताएका छन् ।

यस्तै मन्त्री पाण्डेले कसले कति काम कसरी गरिरहेको छ, त्यसबारे सुक्ष्म विवरण माग्ने र हरेक कोणबाट त्यसको यथार्थता बुझ्न निर्देशन दिइसकेको समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?