Comments Add Comment

राजदूतमा सिफारिस शर्मिला भन्छिन्- म्यानपावर व्यवसायमा संलग्न छैन

१४ फागुन, काठमाडौं । ओमनका लागि नेपाली राजदुतमा सिफारिस शर्मिला पराजुली ढकालले आफू कुनैपनि म्यानपावर व्यवसायमा संलग्न नरहेको दाबी गरेकी छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पराजुलीले राजदुत सिफारिश भए लगत्तै आफू म्यानपावर व्यवसायमा संलग्न भएको खबर सार्वजनिक भएको कुरामा कुनै सत्यता नभएको दाबी गरिन् । उनले भनिन्, ‘यो खबरले म अत्यन्तै मर्माहत भएकी छु, मेरो कुनै म्यानपावरमा संलग्नता छैन ।’

राजदूत सिफारिस प्रक्रिया सुरु हुनुअघिसम्म उनी फ्लोरिड हृयुमन रिसोर्स नामक म्यान पावरकी सञ्चालक थिइन् । हाल सो म्यानपावरको स्वामित्व परिवर्तन गरिएको छ ।

फ्लोरिड त्यही म्यानपावर हो, जसले आफूलाई ठगी गरेको भन्दै युएईबाट फर्किएर जनार्दन पौडेलले १२ वैशाख २०७१ मा विभागमा उजुरी दिएका थिए । छानविनका क्रममा शर्मिला पराजुलीको म्यानपावर दोषी देखिएको छ र, ३ लाख ५० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति दिएको छ ।

शर्मिला सञ्चालक रहेको फ्लोरिडविरुद्ध विभागमा २४ वटा उजुरी दर्ता भएका छन् ।

(यो पनि पढ्नुहोस्: राजदूत शर्मिलाः अर्थात् ‘म्यानपावरवाली’ महामहिम !)

तर, पत्रकार सम्मेलनमा पराजुलीले आफ्नो व्यवसाय कस्मेटिक्सबाहेक अरु केही पनि नभएको जिकिर गरिन् । उनले भनिन्, ‘हाललाई म त्यो व्यवसायमा पनि छैन । अहिले म नितान्त रुपमा अध्ययन र समाजसेवामा समर्पित भएर लागेकी छु ।’

उनले आफूलाई मलेसियाबाट डिपोर्ट गरिएको भनेर समेत समाचार आएकोमा पनि खेद व्यक्त गरिन् । उनले भनिन्, ‘मेरो पासपोर्ट हेर्न सक्नुहुन्छ, यो गलत कुरा हो ।’

उनले आफूले कहिल्यैपनि व्यक्तिगत स्वार्थ र फाइदाको लागि काम नगर्ने वाचा गर्दै भनिन्,’म ओमनमा महिला दिदी बहीनीहरु धेरै हुनुहुन्छ, उहाँहरुको अभिभावकको रुपमा काम गर्नेछु, मनोवैज्ञानिक रुपमा उहाँहरुको समस्या नजिकबाट बुझ्ने काम गर्नेछु ।’

यो पनि पढ्नुहोस् 

ओमान र यूएईका लागि सिफारिस राजदूत वैदेशिक रोजगारीका ‘ठग’ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment