Comments Add Comment

ऋतिकसँग नाच्न चाहन्छिन् ५ सय किलोकी महिला

विश्वकै सबैभन्दा वजनदार महिला इमान अहमद अब्देलातीले बलिउड स्टार ऋतिक रोशनसँग नाच्ने इच्छा व्यक्त गरेकी छिन् । हाल उनको तौल घटाउनका लागि मुम्बईमा उपचार जारी छ ।

ब्यारियाटि्रक शल्यक्रियाबाट आफ्नो वजन कम गरेपछि ऋतिकसँग नाच्ने इच्छा उनले व्यक्त गरेकी हुन् । ऋतिककी बहिनी सुनैना हालै अस्पतालमा उनलाई भेट्न पुगेकी थिइन् । भेटका क्रममा इमानले यस्तो इच्छा व्यक्त गरेको सुनैनाले बताइन् ।

यता ऋतिकले पनि इमानको इच्छा पूरा गरिदिने तत्परता व्यक्त गरेका छन् । हाल उपचारका सिलसिलामा जर्मनीमा रहेका स्टारले भने, ‘उनीसँग नाच्ने अवसर पाएँ भने मेरो लागि पनि ठूलो कुरा हुने छ ।’ उनले भारत फर्किनेवित्तिकै इमानलाई भेट्ने बताएका छन् ।

यसअघि ऋतिककी आमाले इमानको उपचारका लागि १० लाख रुपैयाँ दिने घोषणा गरेकी थिइन् । हाल भारतीय चिकित्सकहरुको एक टोली उनको उपचारमा संलग्न छ ।

इमान बलिउड फिल्म र कलाकारहरुकी फ्यान हुन् । बलिउड स्टार सलमान खानलाई उनी विशेष मन पराउँछिन् । अस्पतालमै उनलाई हिन्दी फिल्म हेर्ने व्यवस्था मिलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment