Comments Add Comment

भकुन्डेबेसीमा बर्षा र रविनको ‘मेरो पैसा खोई’को धमाधम छायांकन


छायांकनको करिब १६ दिनको दृश्य डिलेट गरेर बलिउड निर्देशक विवेक शर्मा भारत हिडेपछि निर्माता रोज राणा अहिले चलचित्र ‘मेरो पैसा खोई’को निर्देशन गरिरहेका छन् ।

काठमाण्डौ भन्दा केहिपर भकुन्डेबेसीमा यो चलचित्रको धमाधम छायांकन भैरहेको छ । चलचित्रका मुख्य कलाकार रविन तामाङ र वुद्धि तामाङ चलचित्रको लागि टेक दिइरहेका थिए ।

‘मेरो पैसा खोई’लाई बलिउड निर्देशक विवेक शर्माले आफ्नै कथामा निर्देशन गरिरहेका थिए । तर, एकाएक उनले १६ दिन खिचिएका दृश्य सबै डिलेट गरेर हिडेपछि रोज आफै निर्देशनमा तम्सिएका हुन् ।

रोजले भने-‘अहिले हामीले मौनता श्रेष्ठले लेखेको कथामा चलचित्र बनाइरहेका छौ । चलचित्रको शिर्षक पनि कथासँग मेल खाएपछि ‘मेरो पैसा खोई’ नै राखिएको हो ।’

नायिका बर्षा राउत चलचित्रको सुटिङ फेरि गर्नु परेपनि उत्साहित देखिइन् । उनले भनिन्-‘बलिउड निर्देशकसँग काम गर्दा त रमाइलै भएको थियो । तर, उहाँले नेपालमा पनि बलिउड स्टाइलकै ट्रिटमन्ट खोज्नुभयो ।’

चलचित्रको कथावस्तु बारे निर्देशक रोजले केहि पनि भन्न चाहेनन् । उनले भने-‘यो एउटा कमेडी चलचित्र हो । जसमा पैसाको कुरा हुनेछ ।’ सौगात मल्ल, बर्षा राउत, रविन तामाङ, वुद्धि तामाङ लगायतका कलाकारको यसमा मुख्य भूमिका छ । बसन्त सापकोटाको संगीत, हरि लामा घलेको छायांकन यो चलचित्रमा छ ।
निर्देशक राणाले अझै ५ दिन भकुन्डेबेसीमा छायांकन हुने जानकारी दिए । यसपछि, काठमाण्डौमा चलचित्रको छायांकन हुने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment