+
+
Shares

दुईवटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २५ गते १७:११

२५ वैशाख, काठमाडौं । उदयपुरको बेलका नगरपालिका–८ सेतीखोलानजिक दुईवटा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको छ ।

तीव्रगतिमा पछाडिबाट आएको नम्बर नखुलेको मोटरसाइकलले अगाडि रहेको अर्को मोटरसाइकललाई ठक्कर दिंदा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर पत्रकार पुजा माझी घाइते भएकी छन् । उनी नेपाल भ्युज डटकममा कार्यरत छिन् । अघिल्लो मोटरसाइकसलमा सवार रहेकी उनको खुट्टा र हातमा चोट लागेको छ ।

पछाडिबाट ठक्कर दिएपछि मोटरसाइकल लिएरै चालक फरार भएको स्थानीयले बताएका छन् । सो मोटरसाइकलमा हेलमेटसमेत नलगाएका दुई युवा रहेको स्थानीयले बताएका छन् । धरानको घोपा क्याम्पमा विरामी हजुरआमाको उपचारमा रहेकी माझी घर फर्किंदै थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?