+
+

नेपालका लागि नयाँ भारतीय राजदूतमा मञ्जिभ सिंह पुरी

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन १८ गते २०:५१

१८ फागुन, काठमाडौं । नेपालका लागि नयाँ भारतीय राजदूतमा मञ्जिभ सिंह पुरीको नाम सिफारिस भएको छ ।

भारत सरकारले सिंहलाई नयाँ राजदूतमा सिफारिस गरेको जानकारी प्राप्त भएको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।

परराष्ट्र  स्रोतले अनलाइनखबरसँग भन्यो- ‘नयाँ राजदूत नियुक्तिबारे पत्र आइसकेको छैन । तर, मञ्जिभ सिंहलाई राजदूतमा मनोनयन गरिएको जानकारी आएको छ ।’

नेपाल आउन लागेका सिंह यसअघि युरोपियन युनियन, बेल्जियम र लक्जम्बर्गका लागि भारतीय राजदूत थिए । यही फेबु्रअरीमा उनको तीन वर्षे कार्यकाल पूरा भएको थियो ।

यसैवीच राजदूत रणजीत रायको कार्यकाल समाप्त भएको छ । तर, नयाँ राजदूत काठमाडौं आउन केही साता लाग्ने दूतावास स्रोतले बताएको छ ।

यसअघि नेपालदका लागि भारतीय राजदूतमा प्रिति शरण र दलवीर सिंहको चर्चा चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?