Comments Add Comment

राजनीतिक स्थायित्व आयो, अब लगानी आउनुपर्छः प्रधानमन्त्री

१९ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले राजनीतिक स्थायित्व कायम हुनै लागेकाले अब ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् ।

राजधानीमा आजदेखि सुरु भएको लगानी सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले राजनीतिक संक्रमण टुंनि लागेकाले लगानीकर्ताले विश्वस्त भएर लगानी गर्न सक्ने दावी गरे ।

सम्मेलनमा सहभागी विदेशी लगानीकर्तालाई लक्षित गर्दै उनले भने, ‘संविधान निर्माण भएपछि अब हामी विकासमा केन्दि्रत छौं । त्यसैले हामी विदेशी लगानीलाई पर्खिरहेका छौं । तपाईंहरु लगानी लिएर आउनुस्, उचित वातावरण बनाउने जिम्मा सरकारले लिन्छ ।’

उनले नेपालमा विकास बिरोधी कोही पनि नभएकाले यहाँका सम्भावित क्षेत्रहरुमा लगानीका लागि द्विविद्धामा पर्नुपर्ने अवस्था नै नरहेको बताए । प्रधनमन्त्री प्रचण्डले नेपालमा सबैको ध्यान अब विकास र आर्थिक समृद्धितिर मोडिएकाले यहाँ आउने सबै किसिमका लगानीलाई सहज रुपमा स्वागत गरिने बताए ।

‘हामी प्रशस्तै सम्भावना बोकेर बसेका छौं । यसबाट लाभ लिँदै विकासमा देशलाई अघि बढाउन स्वदेशी लगाीकर्ता पनि अग्रहसर हुनुपर्छ’ प्रचण्डले भने, ‘राजनीतिक रुपमा स्थायित्व लगभग स्थापित भइसक्यो । त्यसैले अब लगानीको समय हो ।’

उनले सरकारले लगानीको वातावरण बनाउन विभिन्न प्रयत्नहरु गरेको दावी गर्दै अब लगानीलाई प्रयोग गर्दै अघि बढ्यो योजनामा सरकार रहेको बताए ।

‘यहाँ कोही पनि विकास बिरोधी छैनन् । विकासका लागि आएका लगानीलाई हामीले सहर्ष स्वीकार्छौं’ उनले भने, ‘विदेशबाट आउने लगानीको प्रतीक्षामा हामी छौं । स्वदेशी लगानी पनि आजको उत्तिकै महत्वपूर्ण आवश्यकता हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment