+
+
Shares

प्रहरीमा व्यापक सरुवा र बढुवा

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन १९ गते १५:५४

१९ फागुन, काठमाडौं । निर्वाचन आचारसंहिता लागू हुनु अघिल्लो दिन नेपाल प्रहरीमा व्यापक सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले प्रहरी नायव निरीक्षक, सहायक निरीक्षक र हवल्दारको सरुवा तथा बढुवा गरेको हो ।

प्रहरीले १७ गते दुई फरक-फरक सूचना निकालेर ४६१ प्रहरी नायव निरीक्षक (सई)को सरुवा गरेको छ । एउटा सूचनामा २१८ र अर्कोमा २४३ सईको सरुवा गरेको छ ।

सोही दिन ९४ जनाको सहायक निरीक्षक (असई)मा बढुवा गरेर पदस्थापन गरिएको छ । साथै ४४ असईको पनि सोको (सिन अफ क्राइम अफिसर) तर्फ सरुवा भएको हो ।

प्रहरीमा २२८ को हवल्दारमा बढुवा भएको छ र, उनीहरुको पदस्थापन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?