
२३ वैशाख, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले नक्सालस्थित बाल संगठन (बाल मन्दिर)को जग्गा हिनामिनाको घटनामा संलग्नहरूलाई मुद्दा चलाउन निर्देशन दिएको छ ।
बाल मन्दिरको जग्गा लिजमा दिने निर्णयमाथि अनुसन्धानपछि प्रहरीले फाइल पेश गरेको थियो भने जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा चलाउन नपर्ने सिफारिस गरेको थियो ।
जिल्ला सरकारी वकिलको कार्यालयको राय उल्ट्याउँदै महान्यायाधिवक्ता कार्यालयले मुद्दा चलाउन निर्देशन दिने निर्णय गरेको थियो । उक्त निर्णयपछि अब बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा संलग्नहरूमाथि ठगी मुद्दा चल्नेछ ।
महन्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले भने, ‘मुद्दा चलाउन नपर्ने भनी राय आएको थियो, त्यसलाई उल्ट्याएर मुद्दा चलाउनुपर्ने भनी निर्देशन दिने निर्णय भएको छ । फाइल जिल्ला सरकारी वकिलको कार्यालयमा पठाइसकिएको छ ।’
रिता सिंह वैद्य नेपाल बाल संगठनको अध्यक्ष भएको बेला बाल संगठनको जग्गा लिजमा दिने निर्णय भएको छ । उनी लगायत निर्णय प्रक्रियामा संलग्नहरुमाथि अनुसन्धान भएको थियो । रिता सिंह उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी हुन् ।
प्रतिक्रिया 4