+
+
Shares

मधेसलाई अलग गरेर चुनावमा जानुहुँदैनः कमल थापा

'सहमतिका लागि संविधान संशोधन प्रस्ताव स्थगन गरौं'

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन १९ गते १५:५६

१९ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मधेसलाई अलग गरेर चुनावमा जाँदा संविधान कार्यान्वयनमा अप्ठ्यारो पर्ने बताएका छन् । मधेसी मोर्चालाई सहमतिमा नल्याई प्राविधिक रुपमा चनाुव गर्न सकिने भए पनि यसले संविधान कार्यान्वयनमा समस्या पर्ने थापाको विश्लेषण छ ।

राप्रपा केन्द्रीय कार्यसमितिको बैठकबाट बाहिरिने क्रममा विहीबार अध्यक्ष थापाले पत्रकारहरुसँग भने- ‘मधेस केन्दि्रत दलका मागहरु सम्वोधन नगरिकन चुनावमा जानुहुँदैन, सबैलाई विश्वासमा लिएर मात्रै चुनाव गर्नु उपयुक्त हुन्छ ।’

अध्यक्ष थापाले भने- ‘मधेस केन्दि्रत दललाई विश्वासमा नलिई प्राविधिक रुपमा त चुनाव गर्न सकिएला, तर मधेसलाई अलग गरेर जाँदा राम्रो हुँदैन, यसले संविधान कार्यान्वयनमा जटिलता ल्याउन सक्छ ।’

राप्रपा अध्यक्ष थापाले सहमतिका लागि सत्तापक्ष र प्रतिपक्ष दुबैलाई लचकदार हुन आग्रह गरे । साथै उनले मधेसी मोर्चालाई पनि आफूले भनेकै हुनुपर्छ भन्ने अडान छाडेर सहमतिमा आउन आग्रह गरे । उनले भने- ‘मधेसी दल पनि सहमतिमा आउनुपर्छ ।’

संविधान संशोधन विधेयक स्थगन गरौं

राप्रपा अध्यक्ष थापाले अहिलेको समस्या समाधानको सूत्र अघि सार्दै संविधान संशोधन प्रस्ताव हाललाई मतदानमा लानुभन्दा स्थगन गरेर अघि बढ्नु उपयुक्त हुने बताए ।

थापाले संविधान संशोधन प्रस्तावका कतिपय विषयहरु राष्ट्रिय हित अनुकुल नभएको बताए । तर, अहिले यसलाई स्थगितमात्रै गरेर अघि बढ्नु उपयुक्त हुने उनले सुझाव दिए ।

संविधान संशोधन प्रस्तावमा अन्तिरनिहीत विषयहरुमध्ये सीमांकनका विषयमा राजनीतिक सहमति एवं प्रतिवद्धता आवश्यक रहेको थापाले बताए । त्यसैगरी अन्य तीनवटा विषय (भाषा, नागरिकता र राष्ट्रिय सभा) मा परिमार्जन जरुरी रहेको थापाको भनाइ छ ।

सरकारले अघि सारेको संविधान संशोधन विधेयकले कसैलाई पनि सन्तुष्ट पार्न नसकेको थापाले बैठकपछि पत्रकारहरुलाई बताए ।

राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा विहीबारदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा राजेन्द्र लिङदेन नेतृत्वको टोलीले प्रस्तुत गरेको स्थानीय चुनावसम्बन्धी प्रतिवेदनमाथि नेताहरुले बोल्ने क्रम सुरु भएको छ ।

बैठक शुक्रबार बिहान साढे ९ बजे पुनः बस्ने केन्द्रीय सदस्य राजाराम बर्तौंलाले अनलाइनखबरलाई जानकारी दिए ।

यो पनि पढ्नुस्

राप्रपामा बहसः चुनाव चिन्ह हलो कि गाई ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?