+
+
Shares

कोहलपुरमा वैशाखदेखि ४० करोड लगानीको चारतारे होटल

भरतबन्धु थापा भरतबन्धु थापा
२०७३ फागुन १९ गते १५:५१


१९ फागुन, काठमाडौं । पश्चिम नेपालको प्रवेशद्धार बाँकेको कोहलपुरमा आउँदो बैशाखदेखि सुविधासम्पन्न चारतारे होटल सञ्चालनमा आउने भएको छ । होटल सेन्टर प्लाजा प्रालिले कोहलपुर नगरपालिका-४ महेन्द्रनगर रोडमा होटल सेेन्टर प्लाजा सञ्चालनमा ल्याउन लागेको हो ।

१६ रोपनी क्षेत्रफलमा फैलिएको यो होटल ४० करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न हुने बताइएको छ । बैशाखको दोस्रो हप्ता सञ्चालनमा ल्याउने लक्ष्य राखिएको होटलमा ७७ रुम क्षमता रहने छ ।

होटल निर्माणबाट स्थल तथा हवाई मार्ग हुँदै मध्य तथा सुदूरपश्चिमम जाने आन्तरिक र बाह्य पर्यटकलाई सुविधा पुग्ने सञ्चालक देवानन्द अर्यालले बताए । भुकम्पपश्चात होटलको संरचना केही परिवर्तन गरिएको उनको भनाइ छ ।

‘होटल पुर्णरुपमा पारिवारिक माहोलसहित सुविधासम्पन्न हुनेछ,’ उनले भने । होटलमा ३२ स्क्वायर फिटको स्वीमिङ पुल, दुईवटा बार, तीनवटा सेमिनार हल रहेका छन् ।

तीनवटा सेमिनार हलहरुमा क्रमश ३० जना, १ सय जना र १ हजार जनाको क्षमता रहेको सञ्चालक अर्यालले बताए । होटलमा स्पा, जिम, सपिङ कम्प्लेक्स, बेकरी लगायत रहने उनले जानकारी दिए ।


होटलको भौतिक निमार्ण पुरा भइसकेको छ भने फर्निसिङको काम तीव्र गतीमा भइरहेको छ । यही रफ्तारमा निर्माण भएमा तोकिएको समयभन्दा अघि नै सञ्चालनमा आउन सक्ने अर्यालले बताए ।

ए बि र सी गरी तीनवटा ब्लगमा भवनहरु निर्माण भएका छन् । बि र सी भवनहरुमा २३/२३ वटा रुमहरु रहेका छन् । सेन्टर प्लाजा होटलमा ५ वटा प्रेसिडेन्सियल स्वीट रुम, ५ वटा फेमली स्वीट रुम, २० वटा सुपर डिलक्स र बाँकी डिलक्स रुम रहेका छन् ।


३२ सय स्क्वायर फिटको स्वीमिङ पुलमा आउटलेट सहितको बार रहने सञ्चालक अर्यालले बताए । उनले भने, ‘यसमा २० फिट माथिबाट वाटर फल गराएर होटलमा आउने पाहुनाहरुलाई प्राकृतिक खोलाको जस्तै अनुभुती दिलाउने योजना छ ।’

हाल कोहलपुरमै सेन्टर प्लाजा होटल सञ्चालमा रहको छ, जसमा २३ वटा रुमहरु रहेका छन् । होटलमा सेमिनार हलसहित विभिन्न सपिङ सेन्टरहरु पनि छन् ।



लेखक
भरतबन्धु थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?