Comments Add Comment

पतिको यस्तो हर्कतः जसले पत्नीलाई रिस उठ्छ

बिवाह एक सम्झौता पनि हो । बिवाहपछि दुई फरक पृष्टभूमीमा हुर्किएका युवा-युवतीले पति-पत्नीको रुपमा एकअर्कालाई आत्मसात गर्नुपर्छ । जीवनभर साथ दिनुपर्छ । पारिवारिक दायित्व बाँड्नुपर्छ ।

बिवाहपछि हरेक पति चाहन्छन्, एक पर्फेक्ट पति बन्न सकौं । तर, जानेर वा नजानेर केहि यस्ता गल्ती हुन्छन्, जसले पत्नीको अगाडि खराब छवि बनाउन पुग्छन् । त्यस्ता के कारण हुनसक्छ, जसले पत्नीको मन दुख्छ वा उनीहरुमा आक्रोस पैदा गर्छ ?

१. कुरा शेयर नगर्ने

कति यस्ता पति हुन्छन्, जो आफ्नो पत्नीसँग कुनैपनि कुरा शेयर गर्दैनन् । यदि तपाईको पनि यस्तै बानी छ भने, त्यो गलत हो । आफ्नो हरेक कुरा पत्नीलाई शेयर गर्नुपर्छ । यसले शंका-उपशंकाको अवस्था आउन दिदैन ।

२. पत्नीलाई अरुसँग तुलना गर्नु

मानिसको आ-आफ्नै जन्मजात स्वभाव हुन्छ । त्यसैले संसारका कोहि मान्छे, कसैसँग तुलना हुनै सक्दैन । तर, कति पतिले आफ्नी पत्निलाई अरुसँग तुलना गरेर उनीहरुलाई कमजोर तुल्याइरहेका हुन्छन् । यसले पत्नीको आत्मासम्मानमा ठेस पुग्छ । पतीको यस्तो व्यवहारले उनीहरुलाई दुखी बनाउँछ ।

३. आफ्नै मर्जी अनुसार सबै काम गर्ने

पारिवारिक जीवनमा कुनैपनि काम आपसी सल्लाह, सुझावको आधारमा तय गरिनुपर्छ । तर, कतिपय पति जुनसुकै काम आफ्नो निर्णयमा गर्छन् । अरुको सल्लाह उचित ठान्दैनन् । पतिको यस्तो व्यवहारले पनि पत्नीको मनमा बिचलन ल्याउँछ । सानोतिनो कुरामा पनि यसको प्रत्यक्ष असर देखिन्छ । जस्तो पति कुनै जानकारी बिना साथीलाई घरमा ल्याएर आउन सक्छन्, बाहिरै बस्न सक्छन् । यस्तो बेला पत्नी रिसाउनु स्वभाविक हो ।

४. आदेश दिने

आफु सोफामा बसेर पत्नीमाथि आदेश लाद्ने पति पनि ठीक होइनन् । पत्नीलाई काम अह्राएर बस्ने, गुनासो गर्ने पतिले बिस्तारै पत्नीको माया र विश्वास गुमाउनु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment