Comments Add Comment

बलिउडका यी हट अभिनेत्री, जसले बाबु-छोरा दुबैसँग अनस्क्रिन रोमान्स गरे

बलिउडका केहि अभिनेता छन्, जसले अहिले छोरी पुस्तासँग स्क्रिन शेयर गरिरहेका छन् । त्यसो त केही अभिनेत्री पनि छन्, जो बाबु र छोरा दुबै पुस्तामा छाएकी छिन् । बाबुसँग स्क्रिन शेयर गरेका ती अभिनेत्रीले छोरासँग पनि कुम जोडेका छन् ।

त्यसो त फिल्मी करियर यस्तो क्षेत्र पनि हो, जसमा उमेरको कुनै भेद छैन । जुनसुकै उमेरकाले पनि त्यसभित्र स्थान सुरक्षित गर्न सक्छन् । आफ्नो भूमिका पाउन सक्छन् ।

त्यसैले त बाबु पुस्तामा प्रवेश गरेका कलाकारहरु छोरा पुस्तासँग स्त्रिmन शेयर गरिरहेका हुन्छन् । अतः यहाँ केहि अभिनेत्रीलाई प्रस्तुत गरिदैछ, जसले सीनियर-जुनियर फेमेली मेम्बर्ससँग काम गर्न पाए ।

माधुरी दीक्षित

माधुरी दीक्ष्ति ९० को दशककी यस्ती अभिनेत्री हुन्, जसले जस्तोसुकै चरित्रमा पनि आफुलाई अब्बल साबित गरिन् । आफ्नो फिल्मी यात्रामा माधुरीले खन्ना खानदानका बाबु-छोरासँग काम गरिन् । उनले ‘दयावान’मा विनोद खन्नासँग दिएको अन्तरंग दृश्य अझैपनि कतिले सम्झिरहेका होलान् । त्यही माधुरीले विनोद पुत्र अक्षय खन्नासँग फिल्म ‘मोहब्बत’मा रोमान्स गरिन् । त्यसैगरी उनले ‘प्रेम ग्रन्थ’मा ऋषि कपुरसँग स्क्रिन शेयर गरेकी थिइन् । पछि, ‘ए जवानी है दिवानी’मा रणबीर कपुरसँग पनि उनले एक गीतमा कम्मर मकाइन् ।

श्रीदेवी

एकताका बलिउडमा श्रीदेवीको बर्चश्व रह्यो । उनले आफ्नो फिल्मी करियरमा देओल खानदानसँग रोमान्स गरिन । १९८९ मा सार्बजनिक भएको फिल्म ‘नाका बन्दी’ मा उनले धर्मेन्द्र देओलसँग काम गरेकी थिइन् । पछि ‘चालबाजा’मा धमेन्द्रका छोरासँग उनले रोमान्स गरिन् ।

अमृता सिंह

अमृता सिंह र सनी देओलबीच अफेयरको चर्चा त्यसबेला चल्यो, जब उनीहरु आफ्नो पहिलो फिल्म ‘बेताब’मा काम गरिरहेका थिए । यि प|mेस जोडीलाई दर्शकले निकै रुचाए पनि । अमृताले उक्त फिल्म खेलेको ६ बर्षपछि ‘सच्चाई की ताकत’मा काम गरिन् । उक्त फिल्ममा उनी धर्मेन्द्रकी पत्नीको भूमिकामा थिइन् ।

त्यसो त डिम्पल कपाडियासँग पनि यि बाबु-छोराले रोमान्स गरेकी छिन् । डिम्पलले ‘मंजिल मंजिल’मा सनी देओलसँग काम गरेकी थिइन् । पछि ‘किस’ फिल्ममा धर्मेन्द्रसँग अभिनय गरिन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment