+
+
Shares

अर्थमन्त्रीले भने-बजेट बाँडफाँटमा नेताको प्रभावमा नपर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २३ गते १४:२७

२३ फागुन, काठमाडौं । अर्थमन्त्री कृष्णबहादुर महराले राजनीतिज्ञहरुलाई नीतिगत बाटोमा डोर्‍याउन सचिवहरुलाई निर्देशन दिएका छन् ।

मन्त्रिपरिषद् बैठकमा आफूले कर्मचारीले साथ दिएनन् भन्ने गुनासो सुन्ने गरेको उल्लेख गर्दे मन्त्री महराले राजनीतिज्ञहरुलाई नीतिगत रुपमा ट्रयाकमा ल्याउन सचिवहरुलाई प्रभावकारी भुमिका खेल्न सचेत गराएका हुन् ।

बजेट सम्बन्धी समिक्षा गोष्ठीमा सोमबार मन्त्री महराले विद्यमान नीति नियमका आधारमा विना प्रभाव काम गर्न निर्दशन दिए ।

बजेट तर्जुमाका समयमा मन्त्रालयका सचिवहरु, मन्त्री तथा राजनीतिक दलको प्रभावमा पर्ने गरेको तर्फ इंगित गर्दे उनले डिमाण्डबाट प्रभावित भई बजेट छर्ने काम नगर्न पनि सचिवहरुलाई सचेत गराए । उनले मनोगत नभई बस्तुगत रुपमा बजेट विनियोजन गर्नुपर्नेमा पनि उनले जोड दिए ।

मन्त्री र राजनीतिक दलको प्रभावमा आवश्यकता र उपलब्धिमुलक भन्दा अन्यत्र क्षेत्रमा बजेट विनियोजन गरिएको भन्दै हरेक बर्ष बजेटको आलोचना हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?