Comments Add Comment

एमाले नेताले मागे गृहमन्त्रीको राजीनामा

एमालेलाई अवरोध गर्नेहरु गौरकाण्डका डिजाइनरः मैनाली

२३ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर फुयाँलले गृहमन्त्री विमलेन्द्र निधिको राजिनामा माग गरेका छन् ।

मन्त्री निधिले एमालेलाई मधेसबाट लखेट भन्ने अभिव्यक्ति दिएको दावी गर्दै फुयालले उक्त भनाइप्रति आफूहरुको गम्भीर आपत्ति रहेको बताए ।

सोमबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उनले शान्तिपूर्ण कार्यक्रम गर्न पाउने संवैधानिक हकअनुसार एमालेले मेची-महाकाली अभियान सुरु गरेको बताए । तर, गृहमन्त्रीले एमालेलाई मधेसबाट लखेट भनेको दाबी गर्दै फुयाँलले भने, ‘सुरक्षा दिने होइन, असुरक्षा भड्काउनका लागि गृहमन्त्रीले जे बोल्नु भएको छ यो कुरालाई लिएर गृहमन्त्रीको राजीनामा म माग गर्न चाहान्छु ।’

एमाले बाघ भएको भन्दै उनले बाघलाई जंगलमा रोक लगाउन नदिनेहरुको हिसाब किताब गर्ने बताए ।

‘एमाले नेपालको बाघ हो, त्यसले जंगल देखेकै छ । यदी बाघलाई बन देख्न नदिने भन्ने हो भने कसरी नदिनेहोला म हेर्न चाहान्छु,’ फुयाँलले भने, ‘र, यसको नेपाली जनताले हिसाब गर्छन् ।’

एमालेलाई अवरोध गर्नेहरु गौरकाण्डका डिजाइनरः मैनाली

कार्यक्रममा नेकपा मालेका महासचिव सीपी मैनालीले नेकपा एमालेको मेची-महाकाली अभियान बिथोल्न खोज्नेहरु गौरकाण्डका डिजाइनर भएको आरोप लगाए । एमालेको अभियानलाई अवरोध गरेमा मधेसी मोर्चा आफैलाई प्रत्युत्पादक हुने चेतावनी मैनालीले दिए ।

मधेसी मोर्चाले अबरोध गरेको समाचार आइरहेको छ, यो मोर्चाको महाभूल हो,’ मैनालीले भने, ‘यसले एमाले पार्टीलाई होइन मधेसी मोर्चालाई नै घाटा गर्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment