+
+
Shares

अचम्मको विहेः बेहुली जन्ति लिएर आइन्, बेहुलालाई डोलीमा राखेर लगिन्

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २३ गते २२:०२

हामीले अहिलेसम्म धेरै विहेहरु देखेका छौं । जुनसुकै बिहेमा पनि बेहुलीले बेहुलाको घर जानुपर्छ । तर, योभन्दा ठीक उल्टो रिवाजमा बिहे भएको छ, भारतको पञ्जाबमा ।

विवाहमा दुलहीले टाउकोमा मुकुट लगाएकी छिन् । दुलाहाले हातमा मेहेन्दी लगाएका छन् । दुलहीले जन्ति लिएर आइन् र दुलाहालाई लिएर गइन् । विदाईको बेलामा दुलाहा आफ्नो परिवारजनको अंगालोमा परेर निकै रोए । अनि डोलीमा बसेर ससुराली घर हिँडे ।

दुलहीको घरमा उनीहरुको स्वागत यसरी गरियो जसरी कुनै पनि घरमा नयाँ बुहारी भित्र्याउँदा गरिन्छ । बिहेपछि दुलाहाले दुलहीको थर अपनाएका छन् । अब उनी जीवनभर ससुरालीमै बस्नेछन् ।

यी दुलाहाको नाम हो सुखमिन्दर र दुलहीको नाम हो बलजीत कोरु । १२ कक्षा पास गरेका ३० वषिर्य सुखमिन्दर एउटा निजी कम्पनीमा काम गर्छन् । बलजितले बठिन्डाबाट सुखबिन्दरलाई आफ्नो घर मन्डीमा ल्याएर भित्र्याएकी छिन् । १२ कक्षा पास गरेकी २७ वषिर्या बलजीत बुटिकमा काम गर्छिन् । उनका चार बहिनी छन् ।

यो विवाह २६ फेबु्रअरीमा भएको हो । दुवैले सहमतिमा कोर्ट म्यारिज पनि गरेका छन् । एउटा सामाजिक संस्थाले चलाएको मानवता भलाई कार्यअन्तरगत यो विहे गराइएको बताइन्छ । उक्त संस्थाले यसरी गराएको बिहे यो १९ औं हो ।

यो बिहेबाट दुलहीकी आमा जसविन्दर साह्ै खुशी छिन् । प्रदेशभरी यो विहेको चर्चा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?