Comments Add Comment

हेल्थ अलर्टः शरीरमा यस्तो गडबडी देखिए के गर्ने ?

रुघा लाग्नु, खोकी लाग्नु, ज्वरो आउनु, जोर्नी दुख्नु सामन्य हो, जो यादकदा सबैलाई हुन्छ । तर, कतिपय अवस्थामा सामन्य लाग्ने यस्तै लक्षणले भयावह रुप लिन्छ । त्यसैले शरीरमा देखिने त्यस्ता गडबडीलाई नजरअन्दाज गर्नु हुँदैन ।

१. टाउको दुख्नु

हामी ठान्छौं- सामन्य दुखाई वा एसिडिटी होला ।

के हुनसक्छ- माइग्रेन, उच्च रक्तचाप, ब्रेन ट्युमर, साइनस ।

यदि टचाउको निरन्तर दुखिरहन्छ भने पेनकिलर सेवन गरिन्छ । एकछिन ठिक पनि हुन्छ । तर, जब टाउको दुखाईसँगै वान्ता हुन्छ, आँखा धमिलो हुन्छ, चक्कर लाग्छ भने चिकित्सककहाँ गइहाल्नुपर्छ । किनभने ट्युमरको प्रारम्भिक लक्षण यस्तै हुन्छ ।

अचानक तौल घट्नु

हामी ठान्छौं- थकान, तनाव वा खानपानमा गडबडी होला ।

के हुनसक्छ- टीबी, पेप्टिक अल्सर, थाइराइड, मधुमेह वा क्यान्सर

बिना डाइटिङ वा कुनै बिराम नभइ अचानक तौल कम हुन थाल्यो भने सतर्क हुनुपर्छ । एन्डोक्राइन ग्लान्डमा केहि असमान्यताले यस्तो हुनसक्छ । क्यान्सरको कारण पनि अचानक तौल घट्छ ।

चोट लाग्दा रगत थामिएन

हामी ठान्छौं- छाला वा खुनमा परिवर्तन भए होलान्

के हुनसक्छ- मधुमेह वा प्लेटलेट्समा कमी

घाउ निको हुन लामो समय लाग्यो भने त्यो मधुमेहको संकेत हुनसक्छ । साथै छालाको संक्रमणमा पनि यस्तो समस्या देखिन्छ ।

मुटुको गति तिब्र हुनु

हामी ठान्छौं- उत्तेजना वा कमजोरीको कारण होला

के हुनसक्छ- हृदयघातको लक्षण वा उच्च रक्तचाप

कहिंले कहिं निन्द्रा नपुग्दा वा कमजोरी हुनाले पनि मुटुको धड्कन असामन्य हुनसक्छ । तर, अन्य अवस्थामा यो लक्षण हृदयघातको हो । यदि लगातार मुटुको गति तिब्र हुन्छ भने चिकित्सककहाँ गइहाल्नु पर्छ ।

पिसाब फेर्दा दुख्नु

हामी ठान्छौं- सामन्य संक्रमण होला

के हुनसक्छ- पत्थरी, प्रोस्टेट ग्रन्थी बढ्नु, मुत्राशयको क्यान्सर

मुत्र त्यागको समयमा यदि दुख्छ वा पोल्छ भने यसलाई सामन्य संक्रमण मात्र ठान्नु हुँदैन । किनभने यसले क्यान्सरको संकेत गर्छ । यदि पिसाबमा रगत पनि देखियो भने चाढै उपचार गराइहाल्नुपर्छ ।

उठ्दा चक्कर आउनु

हामी ठान्छौं- सामन्य कमजोरीले होला

के हुनसक्छ- नसासम्बन्धी समस्या, कानको नसामा केहि गडबडी, साइनस, न्युन रक्तचाप

लामो समय घाममा बसेर एक्कासी उठ्दा चक्कर लाग्न सक्छ, जो सबैलाई हुन्छ । तर, सामन्य अवस्थामा पनि चक्कर आउँछ भने त्यसले न्युन रक्तचापको संकेत गर्छ ।

अचानक आँखा धमिलो देख्नु

हामी ठान्छौं- निन्द्रा पुरा नभएर वा कमजोरीले गर्दा होला

के हुनसक्छ- स्ट्रोक, न्युन रक्तचाप

यदि तपाई उच्च रक्तचाप र उच्च कोलोस्टोरले ग्रस्त हुनुहुन्छ भने, स्टोरको शिकार हुनसक्छ ।

हातको कम्पन, घरबर्राउने र नाखबाट रगत बग्ने

हामी ठान्छौं-शरीर कमजोर भएर होला

के हुनसक्छ- थाइराइड, पार्किसन्स

अचानक घरबराहाट हुनुका साथै हात खुट्टा कांप्न थाल्यो, नाखबाट रगत बग्न थाल्यो र बान्ता उन थाल्यो भने यसलाई नजरअन्दाज गर्नु हुँदैन । हुनसक्छ, शरीरमा धेरै एसिडिटी वा गर्मी बढेर पनि यस्तो हुन्छ, तर अन्य अवस्थामा यसले गंभिर रोगको संकेत गर्छ ।

जोडले हाँसेको वा खोकेको बेला पिसाब चुहिनु

हामी ठान्छौ- बढ्दो उमेर वा कमजोरी

हुनसक्छ- पिसावमा संक्रमण, रगतसम्बन्धी रोग वा मधुमेह

शरीरलाई थोरै बल पर्दा पिसाब चुहिन्छ भने हामीलाई लाग्छ, कमजोरीको कारण यस्तो भयो । तर, यसलाई नजरअन्दाज गर्नु हुन्न । पिसाबमा संक्रमण हुँदा पनि यस्तै संकेत देखापर्छ । कहिले कहिं मधुमेहको पनि लक्षण हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment