Comments Add Comment

लामो उमेरसम्म कसरी तन्दुरुस्त रहने ?

लामो आयु बाँच्न पाइयो । स्वास्थ्य रहन पाइयो । सधै तन्दुरुस्त र फुर्तिलो भइयोस् । हरेकले यस्तै सोच्छन् । अतः यसका निम्ती स्वास्थ्य खानपान, सरफाई मात्र पर्याप्त छैन । मानसिक रुपले पनि आफुलाई ‘फिट एन्ड फाइन’ राख्नुपर्छ ।

१. आफुलाई माया गरौं

हामी अरुलाई माया गछौं । तर, आफैलाई भने वेवास्ता गरिरहेका हुन्छौं । हामीले आफुलाई माया गर्न सिक्नुपर्छ । यसका लागि आफ्नो मनलाई खुसी राखौं । शरीरको हेरचाह गरौ । मनको इच्छालाई दबाएर नराखौं ।

२. खुसी हुन सिकौं

हाम्रो खुसी, दुख भौतिक कुराबाट प्रभावित भैरहेका हुन्छन् । यद्यपी यो नितान्त भावनात्मक कुरा हो । दुखी हुनु कुनै समस्याको समाधान होइन । त्यसैले जस्तोसुकै परिस्थितीमा पनि सुखी हुने अभ्यास गरौ । त्यस्तो व्यवहार गरौं, जसले आफुलाई प्रशन्न राख्न मद्दत गर्छ । सकारात्मक सोंच राखौं ।

३. स्वास्थ्य जीवनचर्या

आफुलाई सधै व्यवस्थित राख्ने अभ्यास गरौ । धेरैले आफुलाई अस्तव्यस्त राख्छन् । घर, अफिस सबैतिर लथालिंग हुन्छ । यसले उनीहरुमा मानसिक तनाव पैदा गर्छ । मनलाई शान्त राखौ । यसका लागि नियमित योग गरौं । व्यायम गरौ । सुत्ने र उठ्ने तालिका नियमित गरौं ।

४. स्वास्थ्य खानपान

खानाको सोझो नाता हुन्छ, शारीरिक र मानसिक स्वास्थ्यसँग । भनिन्छ, हामी जस्तो खान्छौ त्यस्तै हुन्छौ । चाहे त्यो शारीरिक रुपमा होस् वा मानसिक रुपमा नै । त्यसैले स्वास्थ्य तन र मनका लागि त्यही अनुरुपको खानेकुरा सेवन गर्नुपर्छ । ताजा फलफूल, हरियो सागपात सेवन गर्नुपर्छ । साथै नियमित रुपले पानी पिउनुपर्छ ।

५. आफ्नो काममा रमाउन सिकौं

हामी आफ्नो दैनिक गुजाराका लागि, लक्ष्य प्राप्तिका लागि काम गरिरहेका हुन्छौ । यद्यपी कतिले कामलाई बोझको रुपमा लिने गर्छन् । तर, कामलाई बोझको रुपमा होइन, अवसरको रुपमा ग्रहण गरौं । आफ्नो जिम्मेवारीलाई हार्दिकातासाथ स्विकार गरौं । काममा रमाउने अभ्यास गरौ ।

६. परिवारमा इन्जोए गरौं

कार्यलयको तनावलाई घरभित्र प्रवेश गर्न दिनु हुँदैन । घर आइसकेपछि तपाइ पूर्णत तनावमुक्त हुनुपर्छ । बच्चाको होमवर्कमा सघाउने, भान्सामा पसेर केहि खानेकुरा तयार गर्ने, टेलिभिजन हेर्ने, पुस्तक पढ्ने जस्ता क्रियाकलापले पारिवारिक माहौल रमाइलो बनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment