+
+
Shares

नेपाल कम्युनिष्ट पार्टीका नाममा अनुचित गतिविधि नगर्न विप्लवलाई चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २६ गते १२:००

२६ फागुन, काठमाडौं । ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बिप्लव माओवादीलाई आफ्नो पार्टीसँग मिल्ने नााम नराख्न चेतावनी दिएको छ ।

आज बिज्ञप्ति जारी गर्दै पार्टी अध्यक्ष कट्टेलले दोस्रो संविधानसभा निर्वाचन अघिदेखि नै संविधानतः क्रियाशील आफ्नो पार्टीको नामसँग मिल्ने गरी बिप्लव माओवादीले नेपाल कम्युनिष्ट पार्टी नामाकरण गरेको खवर पत्रिकाबाट सुनेकोमा त्यसको ध्यानाकर्षण भएको बताएका छन् ।

अर्काको पार्टीको नाममा गतिविधि गर्नु अनैतिक र गैह्रकानूनी कार्य भएकाले यसलाई तत्काल सुधार्न बिज्ञप्तिमा चेतावनी दिइएको छ । साथै नेपाल कम्युनिष्ट पार्टीले सरकार र निर्वाचन आयोगसँग यस्तो गैह्रकानूनी कार्य रोक्न सहयोगको अपीलसमेत गरेको छ ।

नेत्रबिक्रम चन्द नेतृत्वको माओवादीले हालै सम्पन्न आठौं महाधिवेशनबाट पार्टीको नाम परिवर्तन गरी नेपाल कम्युनिष्ट पार्टी राख्ने निर्णय गरेको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?