Comments Add Comment

‘दर्पण छाया २’को प्रिमियर, कस्तो छ फिल्म ?


नेपाली चलचित्र क्षेत्रमा कोशेढुंगा नै साबित भएको चलचित्र ‘दर्पण छायाको पछाडि २ राखेर तयार भएको चलचित्र ‘दर्पण छाया २’को प्रिमियर गरिएको छ । काठमाण्डौको सीटीसी मलमा आयोजना गरिएको प्रिमियरमा कलाकार, पत्रकारहरुको बाक्लो उपस्थिती थियो ।

यो चलचित्र आजबाट देशभरका हलमा रिलिज भएको छ । रिलिजको पूर्व सन्ध्यामा गरिएको प्रिमियरमा दर्शकले २ घन्टा ३४ मिनेट लामो चलचित्र हेरेका हुन् ।
तुलसी घिमिरेको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा पुष्पल खड्का, साहारा कार्की, श्रद्धा प्रसाई, सरोज खनाल, फिरोज, सुमन घिमिरे लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्र हेर्नका लागि चलचित्रका सबै प्राविधिक, कलाकार हलमा उपस्थित थिए ।
सर्जक र नेपाली बाजाको सम्मान आवश्यक छ भन्ने कथामा यो चलचित्र बनेको छ । मित्रता, प्रेम, र संगीतलाई निर्देशक घिमिरेले चलचित्रमा देखाएका छन् । चलचित्रको समिक्षाका लागि केहि समय प्रतिक्षा गर्नुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment