Comments Add Comment

भारतले भन्यो- कञ्चनपुर घटनाबारे छानविन भइरहेको छ

२७, फागुन, काठमाडौं । कञ्चनपुरमा मारिएका नेपाली नागरिक गोविन्द गौतमको पोष्टमार्टम रिपोर्ट भारतीय सीमा सुरक्षा बललाई उपलब्ध गराउन भारतीय दूतावासका अधिकारीले नेपाल सरकारसँग आग्रह गरेका छन् ।

कञ्चनपुरको गोलीकाण्डबारे एसएसबीले छानविन तथा अनुसन्धान गर्ने भन्दै त्यसमा सहयोगका लागि पोष्टमार्टम तथा फरेन्सिक रिपोर्ट कुटनीतिक माध्यमबाट उपलब्ध गराइदिन भारतले नेपालसँग आग्रह गरेको हो ।

भारतीय दूतावासका कार्यबाहक राजदूत बिनय कुमारले शुक्रबार बिहान परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीसँग भेट गरेका छन् । सो भेटमा उनले कञ्चनपुर घटनाबारे अनुसन्धान थालिने बताउँदै त्यसमा सहयोग गर्न नेपालसँग आग्रह गरेका थिए ।

भेटमा बिनयकुमारले मृत्यु भएका नेपाली नागरिक समवेदनासमेत प्रकट गरेको दूतावासले जनाएको छ ।

साथै सीमाक्षेत्रमा भारतको लखिमपुर खेरी र नेपालको कञ्चनपुर जिल्ला प्रशासनका अधिकारीहरुले हिंसा भड्किन नदिने र शान्ति सुव्यवस्था कायम राख्ने बारेमा छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment