+
+

‘अवतार’ ल्याउँदै शिखर

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २७ गते १८:४१

काठमाडौं । लेखक तथा पत्रकार शिखर घिमिरे उपन्यास ‘अवतार’ लिएर आउने भएका छन् । बिहीबार फेसबुकमा लाइभ कन्भर्सेसनमार्फत चैतको अन्तिम सातासम्ममा उपन्यास आउने घोषणा गरियो । सोही  क्रममा उपन्यासको टिजर र कभर पनि सार्वजनिक गरियो ।

लेखक राजेन्द्र पराजुलीसँगको कुराकानीमा शिखरले नेपाली साहित्यमा लामो समय एकैखालको विषय र शैलीको उपन्यासले मनोटोनस भइरहेको बेला आफ्नो उपन्यास फरक विषय र प्रस्तुतिसहित आउने दाबी गरे ।

‘नयाँ प्रयोगसहित मैले सामाजिक-राजनीतिक विषयमा आधारित उपन्यास लेखेकाले पाठकहरुबाट न्यानो माया पाउने विश्वास छ’, उनले भने ।

शिखरले नेपाली लेखकहरुले अझै पनि ५० को दशककै जस्तो लेखनलाई दोहोर्‍याइरहेको टिप्पणी गर्दै पाठकले नयाँपन खोजिरहेको बताए ।

उनले भने, ‘पुरानो शैलीको लेखनका कारण हाम्रो साहित्य अन्तर्राष्ट्रिय स्तरमा फैलिन सकेको छैन । तर, यसो भन्दै गर्दा अहिले हामीकहाँ केही लेखिएको छैन भन्ने पनि होइन ।’

जीवनी लेखेर उपन्यास हो भन्ने कुरामा आफू विश्वास नगर्ने बताउँदै उनले थपे, ‘दुःखालाप, आत्मालाप र यौनालाप उपन्यासका विषय हुनुहुँदैन, उपन्यासमा त प्रयोग हुनुपर्छ ।’

‘अवतार’ लाई फिनिक्स बुक्सले बजारमा ल्याउँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?