Comments Add Comment

निगमले दियो शनिबार पनि पम्पहरुलाई तेल, अभाव हट्ने दावी


२८ फागुन, काठमाडौं । नेपाल आयल निगमले काठमाडौंमा पम्पहरुमा केही दिनदेखि लागेको लाइनलाई साम्य गर्न आज शनिबार पनि थानकोट डिपो खोलेको छ । आज मात्रै निगमले बजारमा ५ लाख लिटरभन्दा बढी पेट्रोल पठाउने तयारी गरेको छ ।

समामन्य अवस्थामा सार्वजनिक विदाको दिन निगमले डिपोबाट पम्पमा तेल पठाउने गरेको छैन । निगमका प्रवक्ता सीताराम पोखरेलले केही दिनदेखि पम्पहरुमा लागेको लाइन हटाउन शनिबार पनि डिपो खोलेर तेल वितरण गर्न लागिएको बताए । शनिबार पनि तेल दिएपछि अहिले देखिएको सवारीको लाइन घटेर स्थिति सामान्य अवस्थमा फर्किने दावी निगमको छ ।

तराई क्षत्रेमा उत्पन्न समस्या कारण उपभोक्तामा मनोवैज्ञानिक त्रास हुँदा पम्पहरुमा लामो लाइन देखिएको छ । त्यसै कारण तेलको माग दोब्बर भएको छ । त्यसलाई सम्बाधेन गर्न शनिबार पनि पम्पहरुमा तेल पठाउन लागिएको निगमले जानकारी दिएको छ ।

काठमाडौं उपत्यकामा केही दिनदेखि तेलको अभाव देखिएको छ । धेरै पम्पहरुमा तेल वितरण भएको छैन भने वितरण भइरहेका पम्पमा लामो लाइन लाग्ने गरेको छ ।

नेपाल आयल निगामले भने उपभोक्तालाई नआत्तिन आग्रह गर्दै तेल आपूर्तिमा कुनै समस्या नआएको बताएको छ । सोमबार सप्तरी भएको घटनापछि तराईका जिल्लामा तनावको वातावरण छ । मधेसी मोर्चाले गरेको बिरोध प्रदशर्नको असर तेल आपूर्तिमा नपरेपनि माग भने ह्वात्तै वृद्धि भएको छ ।

तराईमा आन्दोलन चर्किएपछि तेल अभानव चर्किने आशंकामा धेरै उपभोक्ता आफ्नो सावरीमा ट्यांकभरि तेल भर्न लागेका छन् । निगमले नियमित जस्तै तेल बजारमा पठाइरहेको दावी गरेपनि एक्कासी माग बढ्दा आपूर्ति प्रभावित भएको छ ।

‘तराईको तनावले इन्धन आपूर्तिमा अहिले कुनै समस्या छैन । बजारमा माग भन्दा दोब्बर तेल पठाइरहेका छौ.’ प्रवक्ता पोखरेलले भने ।
आज पनि सबै पम्पहरुबाट तेल वितरण हुने निगमले जनाएको छ । निगमका थानकोट डिपो प्रमुख नेत्र काफ्लले आज डिजेल ६ लाख लिटरभन्दा बढी र पेट्रोल ५ लाख लिटरभन्दा बढी पम्पहरुमा पाइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment