Comments Add Comment

हात्ती महोत्सवको ११ लाख नाफा पर्यापर्यटनको विकासमा खर्चिने

२८ फागुन, चितवन । १३औं संस्करणको चितवन हात्ती महोत्सवले नाफा गर्न सफल भएको छ । पर्यटकीइ नगरी सौराहामा रहेक बर्ष आयोजना हुदै आएको महोत्सवले यस वर्ष भने ११ लाख २८ हजार रुपैयाँ बचत गर्न सफल भएको क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए ।

संघले सौराहामा एक समारोहकाबीच महोत्सवको आयव्याय सार्वजनिक गर्दै बचत गरिएको रकम पर्यापर्यटनको विकास प्रर्वद्धनमा खर्च गर्ने उनले बताए ।

जनावरमैत्रीको रुपमा परिचति गराइएको हात्ती महोत्सवले ४७ लाख ४२ हजार कारोबार भएको र खर्च कटाएर ११ लाख २५ हजार रुपैयाँ बचत भएको आर्थिक समितिका संयोजक शीरलाल परियारले जानकारी दिए ।

पर्यटन प्रबद्र्धनसँगै पर्यटन पुर्वाधार निर्माण, उज्यालो सौराहा कार्यक्रम तथा संघकै भौतिक निर्माणमा खर्च गरिने संघले जनाएको छ । महोत्सवमा १ लाख बढी दर्शकले अवलोकन गरेको महोतसवका संयोजक दिपक भट्टराईले बताए ।

५ दिनसम्म चलेको महोत्सवमा यस बषै देखि पहिलोपटक चितवनमा हात्तीपोलो पनि समावेश गरिएको थियो । भने हात्ती फाष्टवाक, गाडा, डुगां दौड, हात्तीका छावाहरु विच रोमाञ्चकारी फुटकल प्रतियोगिता विशेष आर्कषणका रुपमा रहेको थियो ।

यस्तै हात्तीको वनभोजले सबै दर्शक पर्यटकहरुको मन तान्न सफल भएको थियो । कार्यक्रम चर्चित राष्ट्रिय तथा स्थानिय कलाकारहरुले आफ्नो प्रस्तुती दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment