अक्षयकुमार अभिनित फिल्म ‘जोली एलएलबी २’ यस वर्षको सुपरहिट फिल्ममा गनिएको छ । ३० करोडको किफायति बजेट र ३३ दिनको सुटिङमा बनेको फिल्मले बक्स अफिसमा शानदार कमाई गर्यो ।
फिल्मले चौंथो हप्तामा डेढ करोड कमाएको बताइएको छ । यसका साथ फिल्मको हालसम्मको कुल आम्दानी १ सय १४ करोड पुगेको छ ।
बलिउड विज्ञहरुका अनुसार फिल्मको अन्य खर्च छुट्याउने हो भने यसको मुनाफामा एक सय ११ करोड हुन्छ । भनेपछि, यसमा अक्षयकुमारको भागमा कति पर्यो होला ?
फिल्ममा अक्षयकुमारको पारिश्रमिक मुनाफामा हिस्सेदारीको आधारमा तय हुन्छ । जब फिल्मको मुनाफा १५० प्रतिशत भयने भने यस हिसाबले अक्षयले ४० देखि ४५ करोड कमाएका हुन सक्छन् ।
अक्षयकुमारलाई सानो सेड्युल र कम बजेटमा फिल्म सक्ने अभिनेताका रुपमा लिइन्छ । यही कारणले शारुख खान र सलमान खानको फिल्मलाई अक्षयको भन्दा दुई गुणा लागत पर्छ । फोब्र्स पत्रिकाका अनसार अक्षयकुमारको २०१६ मा आएका फिल्म, एयरलिफ्ट, रुस्तम र हाउसफुल ३ ले क्रमशः १ करोड ९४ लाख डलर, १ करोड ९१ लाख डलर र १ करोड ६३ लाख डलर आम्दानी गरेका थिए ।
प्रतिक्रिया 4