Comments Add Comment

प्रकाशचन्द्र लोहनीद्वारा राप्रपा परित्यागको घोषणा

२९ फागुन काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले राप्रपा परित्याग गरेका छन् ।

पार्टी एकतापछि चुनाव चिन्ह हलो राखिनुपर्ने अडान राख्दै आएका डा. लोहनीले अहिले केहीबेरमा रिपोर्टस क्लवमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टी परित्याग गर्ने  औपचारिक घोषणा गरेका छन् ।

उनले पार्टी परित्याग गरेपनि राजनीतिबाट निश्क्रिय भने नहुने बताए । अन्य नेताहरू र जिल्लाका शुभचिन्तकको सल्लाहमा केहि दिनभित्रै निर्णय गरिने पनि उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।

राप्रपाको एकता महाधिवेशनमा कमल थापासँग अध्यक्षमा चुनाव लड्ने अन्तिम तयारीमा रहेर पनि उनी पछि हटेका थिए ।

लोहनीले पार्टी अध्यक्ष कमल थापालाई पत्र लेख्दै आजमा मितिबाट राप्रपाको कुनैपनि तहको सदस्य नरहेको तपाईंलाई जानकारी गराउँछु, भनेका छन् ।

आफूले २५ बर्षदेखि काम गरेको पार्टी छाड्नुपर्दा दुःख लागेको लोहनीले बताएका छन् ।

एकता महाधिवेशनपछि पार्टी विधानलाई उपेक्षा गरिएको र समझदारीलाई लत्याउने काम गरिएको आरोप लोहनीले लगाएका छन् । उनले भनेका छन्, ‘पार्टीलाई एउटा व्यक्तिको वा एउटा सानो झुण्डको हतियारको रुपमा प्रयोग गर्न खोजियो, यस्तो अधिनायकबादी क्रियाकलापसँग मेरो पूर्ण असहमति छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment