Comments Add Comment

इतिहासमै पहिलोपटक धेरै अधिकार गाउँमा पुग्योः प्रचण्ड

स्थानीय तह पुनर्संरचना आयोगले बुझायो अन्तिम प्रतिवेदन

३० फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इतिहासमा पहिलोचोटी विकास निर्माण र अधिकार गाउँमा पुगेको बताएका छन् ।

आफूले जनताले दिएको गम्भिर र महत्वपूर्ण जिम्मेवारी पूरा गरेर पहिलो चोटी स्थानीय तहमै विकास र अधिकार पुर्‍याएको दाबीसमेत उनले गरे ।

स्थानीय तह पुनर्संरचना आयोगको अन्तिम प्रतिवेदन सोमबार ग्रहण गर्दै प्रधानमन्त्री प्रचण्डले जनतामा नयाँ उत्साह र आशा जागेको बताए । आयोग अध्यक्ष बालानान्द पौडेलले अन्तिम प्रतिवेदन प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा स्थानीय विकास मन्त्री कमल थापालाई हस्तान्तरण गरेका थिए ।

सो अवसरमा प्रचण्डले भने, ‘यही बीचमै स्थानीय तहको निर्वाचनको घोषणा गरेर सरकार निर्वाचन सम्पन्न गराउन लागिपरेको छ । यसले जनताले पाएको अधिकार व्यावहारिक कार्यान्वयनमा जानेछ ।’

प्रधानमन्त्री प्रचण्डले स्थानीय तह पुनर्संरचना जस्तो गम्भिर र जटिल विषयलाई सम्पन्न गर्न खट्ने आयोगका अध्यक्ष, पदाधिकारी र पूर्वस्थानीय विकासमन्त्री हितराज पाण्डेलाई धन्यवाद दिए । अब स्थानीय तह कार्यान्वयनमा लैजान गम्भिर भएर मेहनतका साथ लाग्न उनले सबैलाई आग्रह गरे ।

आयोगको प्रतिवेदन ग्रहण गर्दै उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले स्थानीय तहलाई धेरै अधिकार दिइएको र यो दक्षिण एसियामै नमूनायोग्य भएको बताए ।

यसैगरी अन्तिम प्रतिवेदन बुझाउँदै स्थानीय तह पुनरसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेलले अब स्थानीय तहको निर्वाचन भइसकेपछि कतिपय वार्ड र त्यहाँ हुने विशेष स्वायत्त वा संरक्षित क्षेत्रको विषयमा सरकारले स्थानीय प्रतिनिधिसँग छलफल गरेर टुंग्याउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment