३० फागुन, काठमाडौं । मेची-महाकाली अभियानको यात्राको बीचबाटै अकस्मात काठमाडौं फर्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डसँग झण्डै ४५ मिनेट भेटवार्ता गरेका छन् । प्रचण्ड र ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भेटवार्ता भएको हो ।
प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रचण्ड र ओलीबीच समसामयीक छलफल भएको थियो । ‘संविधान संशोधन, स्थानीय तहको निर्वाचनलगायत समयसामयीक विषयमा उहाँहरुबीच लामो छलफल भयो,’ आचार्यले अनलाइनखबरसँग भने ।
एमालेको मेची-महाकाली राष्ट्रिय अभियानको क्रममा सोमबार कपिलवस्तु पुगेका ओली जरुरी काम छ भन्दै हतार-हतार काठमाडौं फर्किएका थिए ।
जितपुरको कार्यक्रममा ओलीसँग होली मनाउन आग्रह गर्दै एमाले कार्यकर्ताले जनतालाई सभामा बोलाएका थिए । तर, त्यहाँ ओली अनुपस्थित भएपछि एमाले नेताहरुले समर्थकहरुसँग माफी माग्दै अब चुनावपछि ओलीलाई ल्याउने बताए ।
प्रतिक्रिया 4