+
+
Shares

कछुवाको पेटमा भेटिए ९ सय १५ सिक्का

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन ३० गते १८:२७

थाइल्याण्डको समुद्री किनारामा एउटा कछुवा भेटियो । कछुवाको अवस्था निकै गम्भीर थियो । उसलाई तत्कालै उपचारका लागि पशु चिकित्सककहाँ लगियो ।

पशु अस्पतालमा उसको सिटी स्क्यान गरियो । सिटी स्क्यानका क्रममा उसको पेटमा जे फेला पर्यो त्यो देख्दा डाक्टरहरु पनि अचम्ममा परे ।

वास्तवमा उक्त कछुवाको पेटमा ठूलो मात्रामा सिक्का भरिएको पाइयो । पछि शल्यक्रिया गरेर पेटबाट सिक्का निकाल्दा सिक्काको संख्या ९ सय १५ थियो ।

सिक्काको वजनकै कारण कछुवाको पेट फुुलिँदा सबै जिउ नै फुलिएको थियो । कछुवालाई पेट तथा फोक्सो समेतमा संक्रमण फैलिएको रहेछ । सिक्का मात्र होइन कछुवाको पेटमा माछा मार्ने हुक पनि फेला पर्यो । धन्न सही समयमा उपचार पाउनाले उसको ज्यान जोगियो ।

आखिर कछुवाको पेटमा यतिधेरै सिक्का कसरी पुुगे त ? यसको कारण पनि रोचक नै छ । वास्तवमा मानिसहरु आफ्नो मनको इच्छा पूरा होस् भनि पानीमा सिक्का फ्याँक्दछन् । अनि तिनै सिक्का त्यहाँ भएका कछुवाले आफ्नो भोजन ठानेर खाँदा रहेछन् । एज्ेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?