Comments Add Comment

व्यायाम सुरु गर्दै हुनुहुन्छ ? जान्नुहोस् यी कुरा

व्यायामलाई हामी आफ्नो दैनिक तालिकामा समेट्न सक्छौं । व्यायामले शरीरलाई चुस्त मात्र राख्दैन, खराब कोलोस्टोर घटाउने, दबाव कम गर्ने र शरीरलाई लचिलो बनाउनका साथसाथै रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

व्यायामले व्यक्तित्वमा निखार ल्याउँछ । तर, व्यायाम गर्नका लागि सहि बिधी अपनाउनु पर्छ । गलत ढंगल वा जथाभावी गरिएको व्यायामको नकारात्मक असर पर्न सक्छ ।

वार्मअप

व्यायाम वा योगा सुरु गर्नुअघि शरीरलाई त्यसका लागि तयार राख्नुपर्छ । यसका लागि वार्मअप जरुरी हुन्छ । यदि तपाई योग गर्दै हुनुहुन्छ भने सूर्य नमस्कारबाट प्रारम्भ गर्नुहोस् ।

जिम जाने हो भने, फिटनेस ट्रेनरसँग वामअर्पको बारेमा बुझ्नुपर्छ । वामअर्प गरेपछि मात्र तपाईको शरीर एवं मांशपेशी व्यायामका लागि तयार हुन्छ ।

सहि स्थान

यदि तपाई व्यायाम गर्दै हुनुहुन्छ भने त्यसका लागि उपयुक्त स्थानको पनि खोजी गर्नुपर्छ । हावा गुम्सिने, अध्याँरो, दुर्गन्धित, कोलाहालपूर्ण स्थानमा व्यायाम गर्न उपयुक्त हुँदैन । त्यसैले शान्त, खुला हावा चल्ने स्थानमा व्यायम गर्नुपर्छ ।

खानपान

व्यायाम गर्न सुरु गरेपछि खानपानमा पनि ध्यान दिनुपर्छ । व्यायाम गरिसकेपछि ताजा फलफूल सेवन गर्नुपर्छ । सफ्ट ड्रिंकको सेवन गर्नुहुन्न ।

सावधानी

जिम, व्यायाम वा योगा गर्नुअघि सम्बन्धित क्षेत्रका जानकारसँग परामर्श लिनैपर्छ । यदि तपाईलाई कुनै पुरानो रोग छ, चोट लागेको छ भने आफुखुसी व्यायाम गर्नु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment