Comments Add Comment

प्रचण्डलाई नैतिक बल दिन सरकारमा गएको हुँः कमल थापा

१ चैत, काठमाडौं । उपप्रधान तथा स्थानीयविकास मन्त्री कमल थापाले स्थानीय तहको चुनाव गर्ने र संविधान कार्यान्वयन गर्ने प्रधानमन्त्रीको अठोटमा नैतिक बल दिन आफू सरकारमा गएको बताएका छन् । साथै उनले स्थानीय चुनाव ऐतिहासिक प्रजातान्त्रिक अभ्यास भएको भन्दै यो अवसर नगुमाउन आन्दोलनरत मधेस केन्द्रित दलहरुलाई आग्रह गरेका छन् ।

स्थानीय तहको उद्घाटन कार्यक्रमलाई मंगलबार ललितपुरमा सम्बोधन गर्दै उपप्रधाानमन्त्री थापाले वैशाख ३१ का लागि घोषित स्थानीय चुनाव हुनेमा आशांका नगर्न सबैलाई आग्रह गरे ।

आफू केही दिनअघि मात्र सरकारमा सहभागी भएको भन्दै राप्रपाका अध्यक्ष समेत रहेका थापाले भने, ‘थुप्रै आरोप प्रत्यारोप, आशंकाका बाबजुद प्रधानमन्त्रीले निर्धारित समयमा चुनाव सम्पन्न गर्ने र संविधानको कार्यान्वयन गर्ने जुन प्रतिवद्धता र अठोट देखाउनु भयो, त्यसमा नैतिक बल प्रदान गर्न र सरकारलाई स्थायित्व दिन हामी सरकारमा सहभागी भएका हौं ।’

स्थानीय तह चुनाव ऐतिहासिक प्रजातान्त्रिक अभ्यासमा भएको भन्दै उनले यसमा हरेक नागरिक र राजनीतिक दलको सहभागिता सुनिश्चित हुनु पर्ने बताए । यसका लागि प्रधानमन्त्रीले प्रयत्न गरिरहेको भन्दै उनले भने, ‘आन्दोलनरत मधेस केन्द्रित राजनीतिक दलहरुलाई विशेष अनुरोध गर्न चाहन्छु कि यो महान प्रजातान्त्रिक अभ्यासको अवसरबाट तपाईहरु टाढा बस्न पाउनु हुन्न, सहभागी हुनुपर्छ ।’

मधेस केन्द्रित दलहरुले उठाएका मागमा सम्बोधनमा केही मतभिन्नता रहेको भन्दै उनले सहमति भएका विषय सम्बोधन गर्दै चुनावमा सहभागी हुन आहृवान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment