Comments Add Comment

एमालेको अभियान नेपालगञ्ज पुग्यो, मोर्चाका नेताले भने-राजविराजमा जस्तो झडप गर्दैनौं

१ चैत,काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको मेची-महाकाली अभियान अहिले बाँके पुगेको छ । मधेसी मोर्चाको बन्दकाबीच एमालेले नेपालगन्जमा बृहत शक्ति प्रदर्शन गरेको छ ।

मोर्चाले एमालेलाई महेन्द्र राजमार्गबाट भित्र पस्न नदिने भन्दै बन्द आह्वान गरेको छ । तर एमालेको सभाका लागि बाँकेका गाउँगाउँबाट कार्यकर्ताहरु सभास्थल भेला भएका छन् ।

गाउँबाट मान्छे नेपालगञ्ज आउन नदिन मोर्चाले ठाउँ ठाउँमा अवरोध सिर्जना गरेको एमाले केन्द्रीय सदस्य एबं बाँके २ का सांसद दिनेशचन्द्र यादवले बताए ।

एमालेको प्रदर्शनमा सहभागी मुस्लिम, मधेसी र थारु समुदायका समर्थकहरु आ-आफ्ना सांस्कृतिक झाँकी सहित नेपालगन्ज आइपुगेका छन् ।

मोर्चाका नेता तथा पूर्वमन्त्री इस्तियाक रायका अनुसार बन्दका क्रममा गाडीमा मान्छे राखेर ल्याउन खोजेकाले एउटा बस जलाइएको छ । आफ्ना कार्यकर्ताहरु जयसुर, सिमलारी, राँझा, गुनाहा लगायका स्थानमा अवरोधका लागि राखिएको रायले बताए ।

उनले भने- ‘एमालेले गाउँ-गाउँबाट मान्छेलाई बसमा ल्याएर नेपालगन्जमा आफ्नो शक्ति देखाउन खोजेको छ । तर स्थानीय मान्छे धेरै छैनन् ।’

एमालेको सभास्थल कारकाँदो क्षेत्रमा पनि मोर्चा कार्यकर्ता रहेको उनले बताए । प्रहरीले कार्यक्रमस्थल सडक बिभागको मैदानलाई चारैतिरबाट सुरक्षा घेरामा राखेको छ ।

एमालेको मेची महाकाली अभियानको केन्द्रीय टोली कार्यक्रमस्थलमा पुग्नुअघि नै सभास्थलमा उल्लेख्य सहभागिता रहेको छ । नेपालगन्जको सभामा एमालेले मधेसी, मुस्लिम र थारुको सहभागितालाई बढाउन केही दिनदेखि नै तयारी गरेको थियो । मोर्चाले पनि एमालेको कार्यक्रममा सहभागी नहुन स्थानीयलाई आह्वान गरेको थियो ।

अहिलेसम्म कुनै पनि झडपका घटना नभएको र आफ्ना कार्यकर्ताहरु शान्तिपूर्ण रुपमा एमालेको विरोधमा परिचालन भएको मोर्चाका अर्का नेता पशुपतिदयाल मिश्रले बताए । उनले राजिवराजमा जस्तो भिडन्त गर्ने नीति नरहेको बताए ।

मिश्रले भने-‘हामी सप्तरीको घटनाको बिरोध गर्दैछौं । हाम्रो बिरोध र अवरोध संविधान संसोधनका पक्षमा एमालेलाई दबाव पनि हो । हामी एमालेको सभा बिथोल्ने वा झडप गर्न जाने पक्षमा छैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment