Comments Add Comment

इमर्जिङ कपका कारण धनगढी प्रिमियर लिग सर्‍यो

फाइल तस्वीर

१ चैत, काठमाडौं । धनगढी क्रिकेट एकेडेमीले आगामी चैत ५ गतेदेखि आयोजना गर्ने तय भएको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको आयोजना मिति परिवर्नत भएको छ ।

आगामी चैत १४ गतेदेखि एसीसी इमर्जिङ कपमा राष्ट्रिय टोलीका खेलाडीहरु व्यस्त हुने भएपछि धनगढी प्रिमियर लिग निर्धारित मितिभन्दा २२ दिन पछि सारेर चैत २७ देखि बैशाख ९ सम्म आयोजना गरिएको डिसिएलका अध्यक्ष सुवास साहीले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

‘खेलाडी, प्रायोजक र अफिसियलसँगको सल्लाहमा देशको क्रिकेट र क्रिकेटको बृहत्तर हितलाई मध्यनजर गर्दै डिपिएल २२ दिन सार्ने निर्णय गरेका छौं ।’ मंगलबार जारी बिज्ञप्तिमा उल्लेख छ ।

एसियाका चार टेष्ट राष्ट्र सम्मिलित एसीसी इमर्जिङ टिम्स कपमा नेपालले सहभागिता जनाउँदैछ । प्रतियोगितामा नेपाल समूह बी मा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment