Comments Add Comment

उपभोक्ता जागरण कार्यक्रमको आयोजना

२ चैत, सप्तरी । विश्व उपभोक्ता अधिकार दिवस-२०१७ सप्तरीमा पनि मनाइएको छ । दिवसको अवसरमा सदरमुकाम राजविराजमा उपभोक्ता जागरण कार्यक्रमको आयोजना गरिएको छ ।

‘उपभोक्ता हित संरक्षणमा लगाऔं ध्यान, सुरक्षित राखौं सम्पति, ज्यू ज्यान’ भन्ने नाराका साथ सप्तरी युथ नेपालको समन्वयमा जिल्ला प्रशासन कार्यालयले र्‍याली प्रदर्शन र सभाको आयोजना गरेको छ ।

स्थानीय शिब मन्दिर प्राङ्गणबाट निकालिएको जागरण र्‍याली नगरको बिभिन्न भाग परिक्रमा गर्दै पुनः सोही ठाउँमा आएर सभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वालले उपभोक्ता ठगिन नदिन प्रशासन सक्रिय रहेको बताउँदै अनुचित सामान बिक्री नगर्न व्यवसायीहरुसँग आग्रह गरे । उनले म्याद गुज्रेका सामानहरु बिक्री नगर्न पनि सबैलाई अनुरोध गरे ।

सभालाई सम्बोधन गर्दै उद्योग बाणिज्य संघका सल्लाहकार सुरेश कुमार सिंह, प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झासहितकाले उपभोक्ताहरुलाई पनि चनाखो रहनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment