Comments Add Comment

उपराष्ट्रपति पुन र सार्कका महासचिवबीच भेटवार्ता

२ चैत, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का नवनियुक्त महासचिव अजमद हुसेन बी सियालले शिष्टाचार भेटवार्ता भएको छ ।

बुधबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय, बहादुरभवनमा भएको भेटवार्तामा उपराष्ट्रपतिले सार्कको काम गराइको गति बढाउनुपर्ने बताए ।

उनले विगतमा सार्कको काम गराइको गति सुस्त भए पनि सार्कको विकल्प नभएको बताए । उपराष्ट्रपतिले विभिन्न चरणमा सार्कमा भएका सहमति सम्झौता तथा निर्णयहरु कार्यान्वयनमा जोड दिए । भेटमा उपराष्ट्रपतिले १९औं सार्क सम्मेलन यथाशीघ्र चाँडो हुनुपर्ने धारणा पनि राखे ।

जवाफमा सार्कका महासचिव सियालले १९ औं सार्क शिखर सम्मेलन छिट्टै हुने र सार्कले पनि गति लिने बताए । उनले दक्षिण एशियाको सामाजिक आर्थिक विकासमा सार्कको महत्व धेरै रहेको उपराष्ट्रपतिसमक्ष बताए ।

बुधबार नै उपराष्ट्रले नेपालका लागि बंगलादेशका राजदूत माश्फी बिन्टे शाम्स र पाकिस्तानका कार्यबहाक राजदूत जावेद अहृमद उमरानीले पनि शिष्टाचार भेट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment