Comments Add Comment

बन्द हड्तालको विकल्प खोजिरहेका छौं: राजेन्द्र महतो

'यथास्थितिमा निर्वाचनमा जान सकिँदैन'

३ चैत, चितवन । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले परिमार्जनसहित संविधान संशोधन नभएसम्म मधेसी मोर्चा निर्वाचनमा सहभागी नहुने बताएका छन् ।

चितवनमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष महतोले सरकार र मधेसी मोर्चाबीचमा भएको तीनबुँदे सहमति सरकारले कार्यान्वयन नगरेकाले सरकारलाई दिएको समर्थन मोर्चाले फिर्ता लिएको बताए ।

आफ्ना माग पूरा नगरी सरकारले जबर्जस्ती निर्वाचनको मिति घोषणा गरेको भन्दै उनले माग पूरा नभए निर्वाचनमा समेत असहयोग गर्ने बताए ।

सरकारले गरेको त्रुटि सच्याउनुपर्ने भन्दै उनले मधेसी मोर्चा आन्दोलनतर्फ जाने बताए । उनले आन्दोलन, बन्द–हडतालको विकल्पको खोजी भइरहेको पनि बताए । नेता महतोले जनताको बीचमा रहेको आन्दोलनलाई अघि बढाउने बताए।

नेकपा एमालेको मेची-महाकाली राष्ट्रिय अभियानप्रति लक्षित गर्दै उनले तराईमा निषेधको राजनीति मधेसी मोर्चाले नगरेको बताए ।

उनले भने, ‘जनताले कुनै पनि दललाई निषेध गर्न सक्छन् ।’ एमालेले तराईका जनताका विरुद्धमा काम गरेको आरोप लगाउँदै उनले त्यसको प्रतिवादमा जनता आएको बताए । एमालेको जिद्दीपनका कारण समस्या आएको पनि उनले आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment