Comments Add Comment

२० लाख अवैध भारुसहित चार पक्राउ

३ चैत, काठमाडौं । प्रहरीले २० लाख स्रोत नखुलेको अबैध भारतीय रुपैयाँ र ७ लाख नेपाली रुपैयाँसहित चार जनालाई नेपालगञ्जबाट पक्राउ गरेको छ ।

भेरी अञ्चल कार्यालयबाट खटिएको बिशेष टोलीले गोप्य सूचनाको आधारमा नेपालगञ्जको धम्बोजी र घरबारी टोलबाट अवैध भारुसहित चार जनालाई नियन्त्रणमा लिएको हो ।

रकम रखरिद गर्ने दुई र बिक्री गर्ने दुईजनालाई बिशेष टोलीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको भेरी अञ्चल प्रहरीका एसएसपी महेश बिक्रम शाहले जानकारी दिए ।

प्रहरीले १३ लाख बढी भारुसहित सन्तोष राय र ६ लाख बढीभारुसहित राजेश कुम्हार लाई छुट्टाछुट्टै स्थानबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका अन्य दुईको पहिचान सार्वजनिक भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment